7 years ago
October 30, 2018
बार्सिलोना (एजेन्सी)– स्पेनिस टोलीका पूर्व सहकर्मी जेरार्ड पिके र सर्जियो रामोसबीच क्लब फुटबलमा निकै तिक्तता रहने गरेको बताइन्छ । रामोस रियल म्याड्रिडका कप्तान हुन् भने पिके बार्सिलोनाका महत्वपूर्ण खेलाडी मध्येका एक हुन् ।
एल क्लासिकोमा यी दुई खेलाडीको चर्चा स्वभाविक रुपमा हुने गरेको छ । तर, खेलका दौरान उच्च प्रतिस्पर्धा भएपनि उनीहरुले एकअर्कालाई आदार गर्ने गरेका छन् । यसै साता नोउ क्याम्पमा भएको एल क्लासिकोमा पिके रामोसको बचाउमा उभिएका छन् । उनले बार्सिलोनाका समर्थकलाई रामोसलाई नजिस्काउन अपिल गरेका थिए ।
यद्दपी बार्सिलोनाका समर्थकले रामोसलाई गिज्जाएका थिए । उनीहरुले रामोसमाथि निकै तल्लो स्तरको गाली दिएका थिए । पिकेले भने समर्थकलाई हुटिङ र अपशब्द प्रयोग नगर्न समर्थकहरुलाई अपिल गरेको इशाराबाट बुझिन्थ्यो ।
समर्थकको त्यस्तै अपमान पिकेले पनि स्पेनबाट खेल्दा अनुभव गर्ने गरेका थिए । क्याटालानको स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आएका पिकेलाई समर्थकले आलोचना गर्ने गरेका थिए । त्यो समयमा रामोस पिकेको बचाउमा देखिन्थे । रसिया विश्व कपमा स्पेनको कमजोर प्रदर्शन पछि पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । रामोस भने अहिले पनि स्पेनिस टोलीको नेतृत्व गरिरहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]