7 years ago
November 7, 2018
एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोका लागि गोल गर्नु भनेको पानी पिउनुजस्तै सजिलो रहेको बताएका छन् । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बुधबार युनाइटेड युभेन्ट्सको मैदानमा खेल्दै छ ।

३३ वर्षीय रोनाल्डोले यसै सिजन जोडिएको क्लब युभेन्ट्सका लागि १३ खेलमा ७ गोल र ६ असिस्ट प्रदान गरेका छन् । रोनाल्डोले गत सिजन लगातार तेस्रो च्याम्पियन्स लिग जित्ने क्रममा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि कायम गरेका थिए । यसपटक पनि उनी सोहि लयलाई निरन्तरता दिने सुरमा छन् । रोनाल्डो यस सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाँदै बाहिरीएपछि दोस्रो खेलमा प्रतिबन्धित भए । तेस्रो खेलमा उनले गोल गर्न भने सकेनन् ।
युभेविरुद्ध खेलको पूर्व सन्ध्यामा क्लबका पूर्व खेलाडी समेत रहेका पोग्बाले रोनाल्डोको प्रशंसा गरे । ‘युभेन्ट्सले रोनाल्डो भित्र्याएर निकै राम्रो निर्णय लिएको छ । रोनाल्डो टोलीमा हुनु भनेको टोलीले फाइदा पाउनु हो । उनी क्लबका निकै खुसी पनि छन् । रोनाल्डोका लागि गोल गर्नु भनको पानी पिउनुजस्तो नै भएको छ,’ पोग्बले भने ।

रोनाल्डोले च्याम्पियन्स लिगका १ सय ५५ खेलमा हालसम्म १ सय २० गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमा यस सिजन गोलको खाता खोल्ने लक्ष्यसहित उनि बुधबार मैदान उत्रनेछन् । पछिल्लो खेलमा युभेन्ट्सले युनाइटेडलाई १-० ले पराजित गर्दा पाउलो डिबालाले एकमात्र गोल गरेका थिए । डिबालाकै ह्याट्रिकमा युभेले योङ ब्वाइजलाई ३-० ले पराजित गरेको थियो ।
यस खेलमा हार बेहोरे युनाइटेडलाई अर्को चरण पुग्न कठिन हुनेछ । युभेन्ट्स अंक तालिकामा ५ अंक अगाडी छ र यस जितले अर्को चरणमा स्थान पक्का गर्नेछ । युनाइटेडभन्दा २ अंक पछाडी रहेको भ्यालेन्सियाले आज नै योङ ब्वाइजको सामना गर्दैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]