7 years ago
November 8, 2018
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेससले ह्याट्रिक प्रहार गरेपछि यूईएफए च्याम्पियन्स लिगमा बुधबार म्यान्चेस्टर सिटीले शाख्तर डोनेस्कलाई ६-० ले पराजित गरेको छ । सिटीको लागि यो च्याम्पियन्स लिगमा सबैभन्दा फराकिलो जित हो ।

सिटीका लागि कप्तान डेविड सिल्भाले गोलको खाता खोलेका थिए । १३ औं मिनेटमा सिल्भाले रियाद माहरेजको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । दोस्रो गोल भने निकै हास्याँस्पद रहयो । रहिम स्टरलिङ मैदानमा अल्झेर लड्दा रेफ्री भिक्टर कसाइले पेनाल्टी दिएपछि जेससले पेनाल्टीमा कुनै गल्ति गरेनन् ।
दोस्रो हाफको तेस्रो मिनेटमा नै स्टरलिङले ४८ औं मिनेटमा सिटीको अग्रता ३-० बनाए । उनले विपक्षी डिफेन्सलाई छलाउँदै गोलरक्षक आन्द्रे प्यातोभलाई कुनै मौका दिएनन् । सिटीले दोस्रो हाफमा पनि पेनाल्टी पायो । यसपटक भने सिल्भालाई तारास स्तेपानेन्कोले लडाएको निर्णय सहि थियो र जेससले पुन गोल गरे । ८४ औं मिनेटमा माहरेजले इल्काए गुन्डोगनको पासलाई सदुपयोग गर्दै गोल गरे । जेससले इन्ज्युरी समयमा माहरेजको पासलाई सदुपयोग गर्दै ६-० को जित र आफ्नो ह्याट्रिक पूरा गरे ।
सिटी अंक तालिकाको शीर्ष स्थानमा ४ खेलमा ९ अंक बोकेर बसेको छ । लियोनको ४ खेलमा ६ अंक छ भने होफेनहाइम ४ खेलमा ३ अंक जोडेको छ ।

December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]