7 years ago
November 8, 2018
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिगमा बुधबार भएको खेलमा भएको एक घटनालाई लिएर माफी मागेका छन् ।

च्याम्पियन्स लिगको समूह चरणको खेलमा रियलले भिक्टोरिया प्लेजनलाई ५-० ले पराजित गरेको थियो । उक्त खेलमा प्लेजनका मिलान हाभेललाई खेलका क्रममा रामोसको कुइनोले लाग्दा नाक फुटेर रक्ताम्य भएको थियो । खेल गोलरहित बराबरीमा रहेको अवस्थामा रामोस र हाभेल बलका लागि भिड्दा रामोसको कुइनोले हाभेलको नाकमा लागेको थियो ।
नाकमा चोट लागेपछि हाभेलले पहिलो हाफ समाप्त हुनुभन्दा ७ मिनेट अगाडी मैदान छाडेका थिए । उक्त घटनालाई रेफ्री डेनिस अतेकिनले कुनै कारवाही गरेका थिएनन् । रामोसले पनि उक्त कार्य जानाजान नगरेको बताएका छन् । उनले ट्विट गर्दै हाभेललाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
‘हामीले जित दर्ता गर्दै अगाडी बढ्ने हो र सिक्ने पनि हो । फुटबलले सधैं केहि कुरा सिकाउँछ । आज मैले त्यसरी आक्रामक भएर जानु नहुने थियो । मेरो सोच मिलानलाई चोट पुर्याउने थिएन । शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ रामोसले लेखेका छन् ।

यसअघि गत सिजन यूईएफए च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलका मोहमद सलाहलाई लडाएपछि सलाह घाइते भएका थिए । विश्वकपमा पनि एक खेल गुमाएका सलाहको चोट नै च्याम्पियन्स लिगमा लिभरपुल हार्नुको मुख्य कारक मानिएको थियो । रामोसलाई अझैसम्म पनि सलाहले माफी नदिएको सार्वजनिक कार्यक्रममा नै प्रष्ट देखिएको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]