7 years ago
November 8, 2018
एजेन्सी – रुसमा सम्पन्न फिफा विश्वकप २०१८ यता राष्ट्रिय टोलीमा स्थान नपाएका इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरी पनि राष्ट्रिय टोलीमा अटाएका छैनन् ।

प्रशिक्षक फर्नान्डो सान्टोसले यूईएफए नेसन्स लिगको अन्तिम दुई खेलका लागि घोषणा गरेको टोलीमा अन्य सिनियर खेलाडी पुनरागमन गर्दा रोनाल्डो भने टोलीमा पर्न सकेनन् । यसअघि पोर्चुगलको स्थानीय संचार माध्यमले रोनाल्डो टोलीमा पर्ने सम्भावना रहेको बताएपनि प्रशिक्षक सान्टोसले रोनाल्डोलाई टोलीमा समेटेका छैनन् । उनलाई सन् २०१९ सम्म राष्ट्रिय टोलीबाट विश्राम दिने निर्णय लिएको बुझिएको छ ।
रोनाल्डोको उपस्थितिबारे प्रश्न राख्दा प्रशिक्षक सान्टोसले रोनाल्डो ब्यालोन डी’ओर जित्नुपर्ने हुन् भन्ने जवाफ दिए । उनले त्यसबाहेक अन्य केहि कारण बताउन चाहेनन् । रोनाल्डो आफैंले क्लब फुटबललाई प्राथमिकतामा राख्दै आफूलाई राष्ट्रिय टोलीको जिम्मेवारीबाट केहि समय मुक्त गर्न आग्रह गरेको चर्चा पोर्चुगलमा चलेको छ । रोनाल्डोले राष्ट्रिय टोलीमा उनको अनुपस्थितिमा पनि बलियो होस् भन्ने हेतुले यो निर्णय लिएको ती रिपोर्टले जनाएका छन् ।

प्रशिक्षक सान्टोसले अनुभवी डिफेन्डर जोसे फोन्टे र राफेल गुरेरोलाई टोलीमा समेटेका छन् । मिडफिल्डरद्वय आन्द्रे गोमेस र जोआओ मारिओ पनि टोलीमा समावेश गरिएका छन् । यी चारै खेलाडीलाई पछिल्लो पटक विश्राम दिइएको थियो । यसपटक भने यूईएफए नेसन्स लिगमा नतिजामुखी भएर नै प्रशिक्षक सान्टोसले टोली घोषणा गरेका हुन् ।
पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत अन्तिम दुई खेलमा इटाली र पोल्यान्डसँग खेल्दैछ । इटालीसँगको खेल १७ नोभेम्बरमा हुनेछ भने पोल्यान्डसँग २० नोभेम्बरमा घरेलु मैदानमा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]