7 years ago
November 9, 2018
एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले युवा फरवार्ड किलियन एमबाप्पेको प्रशंसा गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका एमबाप्पेले क्लबका लागि सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेपछि प्रशिक्षकले प्रशंसा गरेका हुन् ।

१९ वर्षीय एमबाप्पेले हालसम्म खेलेका १२ खेलमा १३ गोल र ६ असिस्ट गरिसकेका छन् । रुसमा सम्पन्न फिफा विश्वकप २०१८ मा फ्रान्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एमबाप्पेले उक्त प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि पनि जितेका थिए । यसै प्रदर्शनका कारण उनी ब्यालोन डी’ओर को मनोनयनमा पनि परेका छन् । एमबाप्पे उपाधि दावेदारमध्यका एक खेलाडी हुन् । क्लब फुटबलमा प्रभावशाली प्रदर्शन र अन्तर्राष्ट्रिय टोलीबाट पनि सोहि लय समातेका कारण उनी बलिया दावेदारका रुपमा अगाडी आएका छन् ।
‘किलियनले अचम्मको काम गर्न सक्छन । उनको तथ्यांक हेरेरै पनि धेरै कुरा थाहा पाउन सकिन्छ । उनले क्लब र राष्ट्रिय टोलीका लागि गरेको गोल हेर्नुस । उनले दिएको असिस्ट पनि उत्तिकै राम्रा हुन्छन्,’ प्रशिक्षक डीडीएरले भने, ‘उनी युवा खेलाडी हुन् जो धेरै राम्रो प्रदर्शन गरिरहेका छन् । उनले हामीलाई केहि माग राख्दैनन् । यसका बाबजुद पनि उनले फ्रान्स र पीएसजीको आक्रमणमा नेतृत्व लिने नै भूमिका निर्वाह गरिरहेका छन् ।’
फ्रान्सले यूईएफए नेसन्स लिग अन्तर्गत नोभेम्बर १६ मा नेदरल्यान्ड्सको सामना गर्दैछ । त्यसको ४ दिनपछि मैत्रीपूर्ण खेलमा फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेको सामना गर्नेछ । उक्त खेलमा एमबाप्पेले पीएसजीका सहकर्मी एडिन्सन कभानीको सामना गर्नेछन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]