7 years ago
November 10, 2018
एजेन्सी – जोसे मोउरिन्हो र पेप गुआर्डीओला आधुनिक फुटबलका उत्कृष्ट प्रशिक्षकमध्यमा पर्छन् । दुवै प्रशिक्षकले विभिन्न देशका क्लबहरुलाई सफलता दिलाएर आफूलाई प्रमाणित गरिसकेका छन् ।

दुवै प्रशिक्षकले क्याटलान क्लब बार्सिलोनामा सहायक प्रशिक्षकका रुपमा आफ्नो करिअरको सुरुवात गरेका थिए । यी दुई प्रशिक्षकसँग विश्वका ठूला क्लबको इच्छामा त पर्छन नै, खेलाडीहरु पनि यी प्रशिक्षकहरु सँग खेल्न रुचाउने गर्छन् । मोउरिन्हो र गुआर्डीओलाले पछिल्लो समय मेसी र रोनाल्डोजस्ता विश्वका उत्कृष्ट खेलाडीलाई पनि प्रशिक्षण दिए । तर कमै यस्ता खेलाडी छन् जसले यी दुवै प्रशिक्षकसँग खेल्ने मौका पाए ।
१. एलेक्सिस स्यान्चेज

हाल म्यानचेस्टर युनाइटेडमा मोउरिन्होको प्रशिक्षणमा खेलिरहेका स्यान्चेजले यसअघि बार्सिलोनाबाट खेलिसकेका छन् । सन् २०११ मा पेप गुआर्डीओलाले नै सिरी ए क्लब उडीनेजेबाट स्यान्चेजलाई बार्सिलोना भित्र्याएका थिए । त्यसपछि उनी आर्सनल हुँदै म्यानचेस्टर युनाइटेड आइपुगेका हुन् । सन् २०१२ मा गुआर्डीओलाले क्लब छाड्नुअघि एक सिजन सँगै खेल्दा स्यान्चेजले १२ गोल गरे । यद्यपी स्यान्चेजले हालसम्म युनाइटेडमा गुआर्डीओलासँग खेलेजस्तो प्रदर्शन गर्न सकेका छैनन् ।
२. सेस फाब्रीगास

बार्सिलोनाको एकेडेमी ला मासियाबाट उत्पादन भएका मिडफिल्डर फाब्रिगासले व्यवसायिक करिअरको सुरुवात आर्सनलबाट गरे । उनले ८ वर्ष त्यहाँ बिताए र सन् २०११ मा २९ मिलियन युरोमा गुआर्डीओला प्रशिक्षक छँदै बार्सिलोना आए । त्यसबेला जाभी, इनिएस्टा र बुस्केट्स उच्च फर्ममा रहँदा पनि फाब्रिगासले स्थान बनाउन सकेका थिए । सन् २०१४ मा जोसे मोउरिन्होले उनलाई चेल्सी ल्याए । लिगको पहिलो सिजन उपाधि जित्ने क्रममा उनले लिगको सर्वाधिक असिस्ट जोड्ने खेलाडी पनि बने ।
३. पेड्रो रोड्रीग्वेज

सन् २००९ मा बार्सिलोनाको दोस्रो टोलीबाट गुआर्डीओलाले नै पेड्रोलाई सिनियर टोलीमा ल्याएका थिए । त्यसपछि बार्सिलोनामा लगातार राम्रो प्रदर्शन गरेका उनले २००९-१० मा लिगको उदयीमान खेलाडीको उपाधि पनि जिते । सन् २०१५ मा उनलाई मोउरिन्होले चेल्सी ल्याए । त्यसपछि डेब्युमा गोल गरेका उनले लगातार राम्रो प्रदर्शन गरे । मोउरिन्हो र पेड्रो ६ महिना मात्र सँगै भएपनि उनले दुवै प्रशिक्षकको फरक भने पाए ।
४. केभीन डे ब्रुएन

दुवै प्रशिक्षकले खेलाएका उत्कृष्ट खेलाडीमा बेल्जियन मिडफिल्डर केभीन डे ब्रुएन हुन् । मोउरिन्हो सन् २०१३ मा चेल्सीका प्रशिक्षक बन्दा डे ब्रुएन क्लबका खेलाडी थिए । तर मोउरिन्होले डे ब्रुएनलाई ३ खेलमा मात्र खेलाए र त्यसपछि आफ्नो टोलीमा समेटेनन । उनले सन् २०१४ मा क्लब छाडे र जर्मन क्लबमा खेले । उनले केहि वर्षपछि नै प्रिमियर लिगमा पुनरागमन गरे । यसपटक पेप गुआर्डीओलाको म्यानचेस्टर सिटीमा उनले विश्वस्तरीय खेलाडीको स्थान बनाए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]