7 years ago
November 10, 2018
एजेन्सी – चोटका कारण आक्रमणमा मुख्य खेलाडीबिना खेलिरहेको बार्सिलोनालाई अर्को समस्या परेको छ । अनुशासन उल्लंघन गरेको कारण प्रशिक्षक एर्नेस्टो भालभेर्डेले युवा विंगर ओस्मान डेम्बेलेलाई टोलीमा समेटेका छैनन् ।

बार्सिलोनाले ला लिगा अन्तर्गत आइतबार हुने खेलमा रियल बेटिसको सामना गर्दैछ । तर कप्तान लिओनेल मेसी पछिल्लो एक महिनादेखि मैदानबाहिर र रहेको र फिलिपे कोउटिन्हो पनि चोटका कारण विश्राममा रहेको बार्सिलोनालाई डेम्बेलेको अनुपस्थितिले थप कठिन भएको छ । मेसीबिना नै बार्सिलोनाले लगातार ४ जित दर्ता गरेपनि पछिल्लो खेलमा इन्टर मिलानसँग भने १-१ को बराबरीमा रोकिएको थियो । त्यसै खेलमा कोउटिन्हो पनि घाइते भएका थिए ।
डेम्बेलेले गत बिहीबार क्लबलाई ढिला जानकारी दिएर प्रशिक्षणमा उपस्थित भएका थिएनन् । उनले शुक्रबार जिम सेसनमा प्रशिक्षण गरे र शनिबार पूर्ण प्रशिक्षणमा समावेश पनि भए । तर यसअघि पनि क्लबको अनुशासन उल्लंघन गरेका कारण प्रशिक्षक एर्नेस्टोले उनलाई टोलीमा नसमेटेका हुन् । पछिल्लो सिजन बोरुसिया डर्टमुन्डबाट बार्सिलोना आएका डेम्बेलेले यसअघि भने कारवाही भोगेका थिएनन् । डर्टमुन्डमा पनि उनले पटक पटक अनुशासन सम्बन्धि समस्या निम्त्याएका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]