default_image

7 years ago

November 10, 2018

सिल्भाले अब स्पेनबाट नखेल्ने!

87 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– डेभिड सिल्भाले स्पेनिस राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिने बताएका छन् । पाँच महिनामा जन्मेर जीवनका लागि संघर्ष गरिरहेका छोरालाई समय दिने भन्दै सिल्भाले सन्यास लिने निर्णय गरेका हुन् ।

सिल्भाले पछिल्लो सिजन अधिकांश समय भ्यालेसिन्याको अस्पतालमा छोरासँग बिताएका थिए । उनले पछिल्लो जुलाईलाई आफ्नो जीवनको सबैभन्दा कठिन समय रहेको बताएका छन् । सिल्भाले ३२ वर्षको उमेरमा स्पेनिस टोलीबाट विश्राम लिएका छन् । आइतबार हुने बोस्नियाविरुद्धको मैत्रीपूर्ण खेलमा सम्मानका लागि उनले नै किकअफ गर्ने भएका छन् ।

‘मेरो परिवार अझै पनि खेलोस् भन्ने चाहन्थे । तर म बढी भन्दा बढी छोरासँग बिताउन चाहन्छु । त्यसले राष्ट्रिय टोलीसँग म यात्रा गर्न असमर्थ छु, ‘ उनले भनेका छन् । सिल्भाले म्यानचेस्टर सिटीमा भने अहिलेको सम्झौताको अन्त्यसम्म बस्ने संकेत गरेका छन् ।

सन् २०२० सम्म उनको सम्झौता सिटीसँग रहेको छ । उनले खेल जीवनको अन्त्य भने स्पेनिस क्लब लास पालमासबाट गर्न चाहेका छन् । यद्दपी अब उनको त्यो योजना पुरा हुनेमा पनि शंका देखिएको छ ।

‘अब के हुन्छ । म अहिले भन्न सक्दिन । मैले अझै डेढ बर्ष सिटीमा खेल्नुछ । तर पनि सबै चिज हामीले चाहे जस्तो हुँदैन । परिस्थिति बदलिन्छ ,’ उनले भने, ‘ म हरेक समय आनन्द लिन चहान्छु । पछि के हुन्छ त्यति बेला नै सोच्नेछु ।’

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.