7 years ago
November 11, 2018
एजेन्सी – अर्जेन्टिनी डिफेन्डर जुआन फोइथले एकमात्र गोल गरेपछि इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार क्रिस्टल प्यालेसको मैदानमा टोटेनहम हट्सपर १-० ले विजयी भएको छ ।

अघिल्लो साता प्रिमियर लिगमा डेब्यु गरेका फोइथले वोल्भ्सविरुद्ध २ पेनाल्टी दिएपछि आलोचनाको शिकार भएका थिए । तर प्यालेसविरुद्ध डिफेन्समा उत्कृष्ट प्रदर्शनसँगै विजयी गोल पनि गरेपछि भने उनलाई प्रशिक्षक माउरिचियो पोचेटिनोले प्रशंसा गरेका छन् । २० वर्षीय डिफेन्डरले ६६ औं मिनेटमा ह्यारी केनले गरेको हेडर विपक्षी खेलाडीलाई लागेर आएपछि आफैंले हेड गर्दै पोस्टको दिशा दिएका थिए ।
यता प्यालेसले पछिल्लो ७ खेलमा जित दर्ता गर्न सकेको छैन । घरेलु टोलीका लागि जेफ्री स्लपले अन्तिम समयमा उत्कृष्ट प्रयास गरेपनि कप्तान ह्युगो लोरिसले त्यसलाई विफल तुल्याए । स्पर्सकै पूर्व खेलाडी आन्द्रोस टाउनसेन्ड र एलेक्जेन्डर सोरोलोथले पनि पाएको मौका सदुपयोग गर्न सकेनन् । यस नतिजासँगै प्यालेस लिग तालिकाको १६ औं स्थानमा छ । गोल अन्तरको आधारमा मात्र प्यालेस रेलिगेसन क्षेत्रभन्दा माथि छ ।
स्पर्सले भने १२ खेलमा २७ अंक जोड्दै अंक तालिकामा फड्को मारेको छ । तालिकाको चौथो स्थानमा भएपनि स्पर्स सिटीभन्दा २ अंक पछाडी छ । दोस्रो र तेस्रो स्थानमा रहेका चेल्सी र लिभरपुलको पनि समान २७ अंक नै छ । यद्यपी खेलमा स्पर्सका लागि केहि चिन्ता गर्ने ठाउँ रहयो । डिफेन्डर काइरान ट्रीपीएर र मिडफिल्डर एरिक लामेला चोटका कारण मैदान छाड्न बाध्य रहे ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]