default_image

7 years ago

November 11, 2018

मेसी बेटिसविरुद्ध बार्सिलोनाको सुरुवाती रोजाइमा

85 views

0 Bookmark

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसी आइतबार ला लिगाअन्तर्गत बार्सिलोना र रियल बेटिसको खेलमा पहिलो रोजाइमा परेका छन् । उनले सुआरेज र माल्कमसँग मिलेर बार्सिलोनाको अग्रपंक्ति सम्हाल्नेछन् ।

बार्सिलोनाको गोलरक्षकमा मार्क आन्देर टेर स्टेगन रहेका छन् । डिफेन्समा जेरार्ड पिके र क्लेमेन्ट लेङलेट छन् भने साइड डिफेन्सको जिम्मेवारी जोर्डी अल्बा र सर्जी रोबर्टो छन् । मिडफिल्डमा सर्जियो बुस्केट्स, आर्थर मेलो र इभान राकिटिच खेल्नेछन् । आक्रमणमा कप्तान लिओनेल मेसीलाई लुइस सुआरेज र माल्कमले साथ दिनेछन् ।

अक्टोबर तेस्रो साता लिग खेलमा चोट बोकेका मेसीको अनुपस्थितिमा बार्सिलोनाले ५ खेल खेलेको थियो । त्यसमध्य बार्सिलोना ४ खेलमा विजयी रहयो भने पछिल्लो खेलमा इन्टर मिलानसँग १-१ को बराबरीमा रोकियो । यसबीचमा बार्सिलोनाले एक क्लासिकोमा रियल म्याड्रिडलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्यो । उक्त खेलमा लुइस सुआरेजले ह्याट्रिक पनि गरेका थिए ।

मेसीले बेटिसविरुद्ध खेल्ने पक्का भएसँगै बार्सिलोनाको समस्या केहि सुल्झिएको छ । यस खेलका लागि फिलिपे कोउटिन्हो चोटका कारण अनुपस्थित रहनु र प्रशिक्षक एर्नेस्टो भालभेर्डेले ओस्मान डेम्बेलेलाई टोलीमा नसमेट्दा आक्रमण केहि कमजोर हुने आँकलन गरिएको थियो । आक्रमणमा लुइस सुआरेज र मेसी उपस्थित भएसँगै यो चिन्ता भने सकिएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.