10 years ago
March 20, 2016
१२औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ । शनिवार बिहान आयोजित कार्यक्रममा खेलाडीहरुलाई नगर परिक्रमा सहित नगद पुरस्कारले सम्मान गरिएको थियो ।
सहारा क्लब, पोखराले आयोजना गरेको कार्यक्रममा उसुकी निमा घर्ति मगर र फुटबल टोलीका सदस्यहरुको उपस्थिति थियो । जुडोकी फुपू ल्हामु भने प्रशिक्षणक लागि हंगेरीमा रहेकी हुनाले उपस्थित हुन सकिनन् ।
खेलाडीहरुलाई एक कार्यक्रममाझ नगद दश हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा पोखरामा १३औं दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने बिषयमा पनि चर्चा गरिएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]