default_image

7 years ago

November 13, 2018

‘प्रतियोगिता खेल्न भन्दापनि फुटबल हान्न मिस गरें’- मिडफिल्डर विक्रम लामा

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा झन्डै ९ महिनापछि चोटबाट पुनरागमन गर्ने सुरमा छन् ।

गत माघमा बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा खुट्टा भाँचिएपछि विक्रम मैदानबाहिर रहेका छन् । त्यसपछि विक्रमले खुट्टाको शल्यक्रिया गरेर रिह्याबमा आफ्नो समय व्यतित गरे । यसबिचमा उनले मोफसलका प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेल्न पाएनन् । विक्रम मंसिर १ गतेबाट सुचारु हुने लिगमा पुनरागमन गर्ने सुरमा छन् ।

विक्रमले चोट लागेपछि मैदानमा आउन निकै मिहिनेत गरेको बताए । यसबिचमा उनले प्रतियोगिता खेल्नेभन्दा पनि बल हान्न धेरै मिस गरेको बताए । ‘ चोट लाग्दा व्यक्तिगत रुपमा मैले फुटबल मिस गरें । टिभीमा फुटबल हेर्दा, सामाजिक संजालमा अरुले खेलेको हेर्दा आफूलाई पनि खेलूं लाग्थ्यो । छिट्टै मैदानमा फर्केर आफूलाई मनपर्ने खेल खेल्न मन लागेको थियो,’ उनले भने, ‘मैले मैदान फर्कन केहि समय विश्राममा बिताउनु पर्ने हुनाले मैले आफूलाई त्यसै तयारीमा लाग्न व्यस्त बनाएँ । अहिले म पूर्ण फिट छु र अब मैले गरेको मिहिनेतले नै मेरो पुनरागमन कस्तो हुन्छ भन्ने तय हुन्छ ।’

राष्ट्रिय टोलीमा फर्कने योजनाबारे भने विक्रमले आफ्नो मिहिनेतमा भर पर्ने बताए । ‘ फुटबल खेलाडी भएपछि चन्द्र सूर्य अंकित राष्ट्रिय टोलीको जर्सी लगाउनु सबैको लक्ष्य हुन्छ । म अब पुनरागमनको लागि मिहिनेत गर्छु ।  म खेल्नको लागि फिट भएर राम्रो प्रदर्शन गरे भने पक्कैपनि राष्ट्रिय टोलीमा फर्कनेछु । त्यसको लागि मैले केहि समय प्रतिक्षा गर्नपर्ने हुन्छ,’ लामाले भने ।

लिगको पहिलो खेलमा रुस्लान थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको थियो । उक्त खेलमा थ्री स्टारका लागि रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरेका थिए । विक्रमले थ्री स्टार सदाझैं यसपटक पनि लिग उपाधिको लक्ष्यसहित मैदानमा उत्रने बताएका छन् । ‘ थ्री स्टार जहिलेपनि उपाधि दावेदारको रुपमा प्रतियोगितामा जान्छ । यो पनि केहि फरक छैन । हामी उपाधि जित्ने लक्ष्य लिएर नै मैदानमा उत्रनेछौं,’ उनले थपे ।

क्लबका प्रशिक्षक मेघराज केसीले पनि विक्रम पूर्ण रुपमा फिट भएको र उनले छिट्टै मैदानमा फर्कने बताए । ‘ विक्रम फिट भइसकेका छन् । उनले पुनरागमन गर्न निकै मिहिनेत पनि गरेका छन् । अब उनलाई कुन भूमिकामा र कुन खेलमा खेलाउने भन्ने निर्णय लिन बाँकी छ । त्यो आउने दिनमा निर्धारण गर्नेछु,’ उनले भने ।  थ्री स्टारले अब लिगको खेलमा ब्रिगेड ब्वाइजको सामना गर्दैछ ।

प्रशिक्षणका फोटोहरु यहाँ हेर्नुहोस

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.