default_image

7 years ago

November 17, 2018

समस्यामा मनाङ, रुस्लान थ्री स्टारविरुद्ध तीन खेलाडी अनुपस्थित रहने

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङदी क्लबले शनिबार भएको खेलमा न्यू रोड टिम (एनआरटी) लाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा स्थान बनायो ।

खेल हुनुभन्दा तीन दिन अगाडी नै प्रशिक्षणमा उपकप्तान सुजल श्रेष्ठलाई हातको चोटका कारण गुमाएको मनाङले एनआरटी विरुद्ध थप समस्या खेप्नुपर्यो । खेलको दोस्रो मिनेटमा नै राजेश परियारको ट्याकलमा विंगर प्रकाश बुढाथोकी घाइते भए । राजेशले मैदानको मध्येभागमा ट्याकल गरेपछि लड्ने क्रममा प्रकाशको ल्यान्डीङ काँधको बलले हुँदा उनको ‘क्लाभिकल बोन’ भाँचिएको छ । उनलाई चिकित्सकले ८ साता आराम गर्ने सल्लाह दिएका छन् ।

प्रकाश बुढाथोकी अस्पतालबाट फर्केपछि

त्यसअघि सुजल पनि प्रशिक्षणका क्रममा विशाल बस्नेतको ट्याकलमा लडेर घाइते हुँदा ६ साता मैदानबाहिर रहेका छन् । मनाङले अब अर्को चरणको खेलमा बिहीबार रुस्लान थ्री स्टार क्लबसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलका लागि मनाङले फरवार्ड ओलावाले आफिजलाई पनि गुमाउनेछ । आफिजले यसअघि थ्री स्टारबाट खेल्दै राष्ट्रिय लिग जिताउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

आफिजले लिगको सुरुवाती दुवै खेलमा पहेंलो कार्ड पाएपछि खेल गुमाउने भएका हुन् । पहिलो खेलमा गोल गर्दा भित्रि लुगा देखाएका कारण पहेंलो कार्ड पाएका आफिजले एनआरटीविरुद्ध भने डाइभ हानेको कारण पहेंलो कार्ड पाए । उनलाई रेफ्री श्रावण लामाले पेनाल्टी क्षेत्रनजिक डाइभ हानेपछि पहेंलो कार्ड देखाएका थिए ।

रेफ्री श्रवण लामा आफिजलाई पहेंलो कार्ड देखाउँदै

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले तीन खेलाडीको अनुपस्थितिमा टोलीलाई केहि असहज हुने स्वीकारे । ‘ तीनैजना खेलाडीको स्तर हामीले मैदानमा देखेका छौं । टोलीलाई केहि घाटा अवश्य हुन्छ । तर हामीसंग बेन्च राम्रो छ । त्यसैले त्यति धेरै असर पर्दैन,’ उनले भने । मनाङले आक्रमणमा यसपटक निकै मोटो रकम खर्चेको छ ।

शनिबार प्रकाश घाइते भएपछि बेन्चबाट विमल रानामगर वैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका थिए । उनले एनआरटीविरुद्ध राम्रो प्रदर्शन गरे । उनको दुई प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । त्यस्तै टोलीमा दीपक राई पनि वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । यसबाहेक अन्जन विष्ट, आडिलेजे सोमिडे, हेमन गुरुङ, विशाल राई, डोना थापालगायतका खेलाडी पनि छन् ।

यो पनि हेर्नुहोस :

अंक तालिका – सहिद स्मारक ए डिभिजन लिग

खेलतालिका र नतिजाहरु – सहिद स्मारक ए डिभिजन लिग

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.