default_image

7 years ago

November 18, 2018

ललितपुर डर्बीमा रुस्लान थ्री स्टार र ब्रिगेड ब्वाइज भिड्दै

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दोस्रो खेलमा रुस्लान थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन् ।

पहिलो खेलमा ललितपुरको अर्को क्लब फ्रेन्ड्सलाई हराउँदै विजयी सुरुवात गरेको थ्री स्टार लगातार दोस्रो जित दर्ता गर्ने सुरमा छ । टोली कप्तान विक्रम लामाको पुनरागमनसँगै थप मजबुत भएको छ । विक्रम पूर्ण फिट भएपनि प्रशिक्षक मेघराज केसीले उनलाई सुरुवातदेखि खेलाउने वा नखेलाउने पक्का गरेका छैनन् । प्लेमेकरको भूमिकामा विक्रमलाई प्रयोग गर्ने भने उनले यसअघि बताएका थिए ।

फरवार्ड रन्जन विष्ट, अजायी मार्टिन्स र अनिल गुरुङलाई सुनील बल र बुद्ध चेम्जोङको साथ मिल्नेछ । यसबाहेक टोलीको बेन्च पनि बलियो नै छ । डिफेन्समा पनि घरेलु फुटबलमा स्थापित नाम छन् । गोलरक्षकमा एलन न्यौपानेले राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा नै नियमित स्थान बनाउन थालिसकेका छन् ।

यता ब्रिगेड ब्वाइजले भने पहिलो खेलमा मनाङविरुद्ध औसत प्रदर्शन मात्र गर्न सक्यो । युवा खेलाडीले भरिपूर्ण टोलीमा यस खेलदेखि विदेशी खेलाडीहरुले खेल्ने अपेक्षा गरिएको छ । थ्री स्टारलाई विदेशी खेलाडीकै भरमा अंक खोस्ने लक्ष्य ब्रिगेड ब्वाइजको हुनेछ । प्रशिक्षक उज्जन श्रेष्ठले मनाङविरुद्ध गरेको गल्ति सच्याउँदै थ्री स्टारलाई रोक्ने लक्ष्य राखेको बताएका छन् । खेल २:३० बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

यो पनि हेर्नुहोस :

अंक तालिका – सहिद स्मारक ए डिभिजन लिग

खेलतालिका र नतिजाहरु – सहिद स्मारक ए डिभिजन लिग

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.