default_image

7 years ago

November 18, 2018

पुलिसलाई रोक्ने मछिन्द्रको लक्ष्य

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लब भिड्दैछन् ।

पहिलो खेलमा जावलाखेलविरुद्ध १-० को कठिन जित हात पारेको पुलिस फेरी त्यसै नतिजा दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रनेछ । चाडबाडको बिचमा नियमित प्रशिक्षण गरेको पुलिसले गतसाता राइनो गोल्डकपमा पनि सहभागिता जनायो । फाइनलमा च्यासलसँग टाइब्रेकरमा पराजित भएको पुलिस लयमा देखिन्छ । आक्रमणमा सुमन लामा र अभिषेक रिजालको जोसले टोलीलाई मजबुत बनाएको छ ।

यता मछिन्द्र भने युवा खेलाडीको भरमा नै लिगमा उत्रिएको छ । केहि अनुभवी खेलाडी भएपनि पहिलो खेलमा उनीहरुको प्रदर्शन अपेक्षित रहेन । पहिलो पटक क्लब सम्हालिरहेका प्रशिक्षक धनेश्वर प्रजापतिले लिगको अघिल्लो खेलमा च्यासललाई रोक्नुलाई सफलता माने । यस अर्थमा मछिन्द्र फेरी एकपटक पुलिसलाई रोक्ने लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।

दुवै टोलीले पहिलो खेलमा क्लिन सिट राखेका थिए । पुलिसका लागि अजित भण्डारीले एकमात्र गोल गरेका थिए । उक्त खेलमा पुलिसले आक्रमणमा धेरै अवसर सिर्जना गरेको थियो तर गोल निस्केको थिएन । यता मछिन्द्र भने च्यासलको आक्रमण नचल्दा एक अंक जोड्न सफल भएको थियो । आजको खेल दिनको ११ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

यो पनि हेर्नुहोस :

अंक तालिका – सहिद स्मारक ए डिभिजन लिग

खेलतालिका र नतिजाहरु – सहिद स्मारक ए डिभिजन लिग

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.