10 years ago
March 23, 2016
काठमाडौं, चैत १०
अखिल नेपाल फुटबल संघ(एन्फा)को आन्तरिक विवाद मिलाउन भन्दै मंगबार नेपाल आएका एसियाली फुटबल महासंघ(एफसी)का पदाधिकारीले एन्फामा देखिएको सबै विवाद मिलाएर छिटो साधरण सभा गराउन अनुरोध गरेको छ ।
एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशन सञ्विज बाला सिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत सस्थापनसँगको छलफलमा एएफसीका प्रतिनिधिले एन्फा पदाधिकारीलाई यथासक्य चाँडो साधारणसभा मार्फंत नयाँ नेतृत्व छान्न अनुरोध गरेको थियो । एएफसीका प्रतिनिधिले साधारणसभाबाट आएको नयाँ नेतृत्वले मात्र बिद्यमान विवाद समाधान गर्नुका साथै विधान संसोधन गर्नका लागि समेत मार्गप्रसस्त हुने सुझावसमेत दिए ।
जवाफमा एन्फाका पदाधिकारीहरुले एन्फाको साधारणसभा रोक्न पुनरावेदन अदालतबाट आदेश भएकाले साधारणसभा गर्न नसकिएको प्रतिक्रिया दिएका थिए । एन्फाका असन्तुष्ट तीन पदाधिकारीसहित चारजनाले मुद्धा फिर्ता लिए साधारणसभा गर्न सकिने एन्फाले एएफसी प्रतिनिधिसामु प्रष्ट पारेको छ ।
एएफसीका प्रतिनिधिले बुधबारै हुने असन्तुष्ट पक्षसँगको छलफलमा मुद्धा फिर्ता लिन अनुरोध गर्ने बताएको छ ।
अघिल्लो बर्ष एन्फाको कार्यसमिति बैठकमा लगातार ३ पटक उपस्थित नभएको भन्दै तीन उपाध्यक्ष र एक सदस्यलाई कारबाही गरेको थियो । त्यसयता एन्फा विवाद चरमोत्कर्षमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]