default_image

6 years ago

November 29, 2018

महिला साफ च्याम्पियनसिप नेपालमा हुने पक्का

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं सस्करणको महिला साफ च्याम्पियनसिप नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को ओमानको मस्कटमा बसेको बैठकले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप नेपालमै गराउने निर्णय गरेको हो ।

साफको बैठक मंगलबार बसेको थियो । साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म मोरङ जिल्लास्थित विराटनगरको सहिद रंगशालमा हुनेछ । च्याम्पियनसिपमा दक्षिण एसियाका नेपालका ७ राष्ट्रले सहभागिता जनाउनेछ । साफ च्याम्पियनसिपमा भारतको अधिपत्य छ ।

भारतले यसअघिको सबै चार संस्करणको उपाधि जितेको छ । नेपाल अघिल्लो तीन संस्करणको उपविजेता टोली हो भने, चौथो संस्करणमा नेपाली टोली सेमिफाइनलबाट घर फर्केको थियो ।यसअघि साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय भएको थियो । तर, श्रीलंकामा राजनैतिक कारण साफ च्याम्पियनसिप हुन नसक्ने साफले जनाएको थियो ।

नेपाली महिला फुटबल टोलीले अागामी अप्रिल महिनामा अोलम्पिक छनोटको दोस्रो चरणमा सहभागीता जनाउँदैछ । म्यानमारमा सम्पन्न पहिलो चरणको छनोटमा नेपाल उत्कृष्ट तेस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट भएको थियो ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.