default_image

5 years ago

December 8, 2018

प्रिमियर लिगमा आज ८ खेल, चेल्सी र म्यानचेस्टर सिटी खेल्दै

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल नेपाली समय अनुसार स्टामफोर्ड ब्रिजमा राति ११ः१५ बजे सुरु हुँदैछ । घरेलु मैदानमा चेल्सी सिटीलाई प्रिमियर लिगमा पहिलो हार चखाउने योजनामा मैदान उत्रनेछ । यो सिजन प्रिमियर लिगमा दुई खेलमाह हार बेहोरेको चेल्सी […]

27 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल नेपाली समय अनुसार स्टामफोर्ड ब्रिजमा राति ११ः१५ बजे सुरु हुँदैछ ।

घरेलु मैदानमा चेल्सी सिटीलाई प्रिमियर लिगमा पहिलो हार चखाउने योजनामा मैदान उत्रनेछ । यो सिजन प्रिमियर लिगमा दुई खेलमाह हार बेहोरेको चेल्सी ३१ अंक जोडेर लिगको चौथो स्थानमा रहेको छ । प्रिमियर लिगमा अपराजित रहेको सिटीको १५ खेलबाट ४१ अंक छ ।

प्रिमियर लिगमै बिहिबार वल्भ्ससँग २–१ ले स्तब्ध भएको चेल्सी उक्त हारलाई बिर्सदै सिटीलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । चेल्सीसँग इडेन हजार्ड, विलियन, एङगोलो कान्टे र जर्जिन्होजस्ता स्तरीय खेलाडीहरु रहेका छन् । स्टामफोर्ड ब्रिजमा सिटी विरुद्ध चेल्सी हावी नै छ । तर, अघिल्लो सिजन चेल्सी सिटीसँग दुवै खेलमा पराजित भएको थियो ।

यता, सिटी चेल्सीलाई उसकै मैदानमा स्तब्ध पार्दै आफ्नो अपराजित यात्रालाई अझै लम्ब्याउने योजनामा मैदान उत्रनेछ । तर, सिटीलाई स्ट्राइकर सर्जियो अगुएरो र मिडफिल्डर केभिन डि ब्रुएनको अभाव हुनेछ । मांशपेसीमा समस्यापछि अग्विरो पछिल्लो दुई खेलमा मैदान बाहिर छन् । केभिन केही महिना यता चोटका कारण विश्राममा छन् ।

तर, सिटीसँग अग्रपङ्तिमा लिरोए साने, रहिम स्ट्रलिङ, रियाद महारेज र गाब्रियल जेससजस्ता खेलाडीहरु छन् । उनीहरुले जुनसुकै बेला पनि नतिजा आफ्नो पक्षमा पार्न सक्छन् । सिटी पछिल्ला १४ अवे खेलमा अपराजित रहेको छ । जसमा ११ जित र ३ बराबरीको नतिजा रहेको छ ।

प्रिमियर लिगमा अन्य खेलहरु :

बर्नमाउथ विरुद्ध लिभरपुल (साँझ ६ः१५ बजे)

आर्सनल विरुद्ध हडर्सफिल्ड (राति ८ः४५ बजे)

बर्नली विरुद्ध ब्राइटन (राति ८ः४५ बजे)

कार्डिफ विरुद्ध साउथह्याम्पटन (राति ८ः४५ बजे)

म्यानचेस्टर युनाइटेड विरुद्ध फुलहम (राति ८ः४५ बजे)

वेस्टह्याम विरुद्ध क्रिस्टल प्यालेस (राति ८ः४५ बजे)

लेस्टर सिटी विरुद्ध टोटेनहम (आइतबार बिहान १ः३० बजे)

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.