default_image

5 years ago

December 10, 2018

बोका जुनियर्सलाई पराजित गर्दै रिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन

मड्रिड (एजेन्सी) – अतिरिक्त समयको बोका जुनियर्सलाई ३–१ ले पराजित गर्दै क्लब एट्लेटिको लिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन बनेको छ । रिभर प्लेटले समग्रमा ५–३ को जित निकालेको हो । पहिलो लेगको खेल २–२ गोलको बराबरीमा रहेको थियो । रिभर प्लेटले १० खेलाडीमा समेटिएको बोकालाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको हो । निर्धारित समयको […]

20 views

0 Bookmark

मड्रिड (एजेन्सी) – अतिरिक्त समयको बोका जुनियर्सलाई ३–१ ले पराजित गर्दै क्लब एट्लेटिको लिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन बनेको छ । रिभर प्लेटले समग्रमा ५–३ को जित निकालेको हो । पहिलो लेगको खेल २–२ गोलको बराबरीमा रहेको थियो ।


रिभर प्लेटले १० खेलाडीमा समेटिएको बोकालाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

४४औं मिनेटमा डारियो बेन्टेडोले गोल गर्दै बोका जुनियर्सलाई खेलमा अग्रता दिलाएका थिए । ६८औं मिनेटमा लुकास प्राटोले बराबरी गोल फर्काएपछि निर्धारि समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

९२औं मिनेटमा बोका जुनियर्सका विल्मर वारियोस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा यसको फाइदा रिभर प्लेटले उठायो । १०९औं मिनेटमा जुवान फर्नान्डो क्वेन्टेरो गोल गर्दै टिमलाई २–१ अग्रता दिलाएका थिए ।

अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोन्जालो निकोलस मार्टिनेजले विजयी गोल गर्दै रिभर प्लेटलाई ३–१ को जित दिलाउदै च्याम्पियन बनाए ।

ब्युनर्स आयर्समा दुई साता अघि नै हुनुपर्ने फाइनल खेल हुल दंगाका कारण स्पेनमा भएको हो । दुई साता अघि फाइनल खेलको लागि मैदान जादै गर्दा बोका जुनियर्स चढेको बसमा आक्रमण भएको थियो । त्यसपछि खेल दुई सातापछि स्पेनमा सारिएको थियो ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.