default_image

5 years ago

December 11, 2018

जर्मन प्रशिक्षक लोको रियल जान संकेत !

म्युनिख (एजेन्सी)– जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोले भविष्यमा रियल म्याड्रिड जस्तो क्लबलाई प्रशिक्षण दिन सक्ने संकेत गरेका छन् । रियल अहिले स्पेनिस ला लिगामा पाँचौं स्थानमा रहेको छ । विश्वकप सुरु हुनु केहि दिन अघि प्रशिक्षकमा नियुक्त भएका तत्कालिन स्पेनी राष्ट्रिय टोलीका प्रशिक्षक जुलेन लोपेटेगुइलाई रियलले सिजनको सुरुवाती समयमै बर्खास्त गरेको थियो । अहिले सान्टियागो […]

32 views

0 Bookmark

म्युनिख (एजेन्सी)– जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोले भविष्यमा रियल म्याड्रिड जस्तो क्लबलाई प्रशिक्षण दिन सक्ने संकेत गरेका छन् । रियल अहिले स्पेनिस ला लिगामा पाँचौं स्थानमा रहेको छ ।

विश्वकप सुरु हुनु केहि दिन अघि प्रशिक्षकमा नियुक्त भएका तत्कालिन स्पेनी राष्ट्रिय टोलीका प्रशिक्षक जुलेन लोपेटेगुइलाई रियलले सिजनको सुरुवाती समयमै बर्खास्त गरेको थियो । अहिले सान्टियागो सोलारीलाई मुख्य प्रशिक्षक बनाउँदै रियल लयमा फर्कने कोसिसमा छ ।

लो सन् २००४ देखि जर्मन टोलीको प्रशिक्षण टोलीमा रहेका छन् । २००६ देखि उनी टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । उनले भविष्यमा रियल जस्तो क्लबलाई प्रशिक्षण दिन सक्ने बताएका छन् । उनकै नेतृत्वमा जर्मनीले सन् २०१४ को फिफा विश्वकप उपाधि पनि जितेको थियो ।

‘म लामो समयदेखि प्रशिक्षणमा रहेको छु । अहिले पनि मैले सन्यासको विषयमा सोचेको छैन,’ लोले अन्तर्वार्तामा भने, ‘मेरो प्रशिक्षण जीवनको लामो समय राष्ट्रिय टोलीमा बित्यो । तर जब समय आउछ अनि क्लबका विषयमा सोच्नेछु । भविष्यमा क्लबलाई प्रशिक्षण दिन म इच्छुक छु ।’

उनले जर्मनी भन्दा बाहिर गएर प्रशिक्षण गर्न चाहेकेको बताएका छन् । ‘म जर्मनीमा होइन बाहिर प्रशिक्षण दिन चाहन्छु,’ उनले थपे, ‘जो सुकै प्रशिक्षकले पनि रियल जस्तो टोलीलाई प्रशिक्षण दिन चाहन्छन् ।’ जर्मनीलाई २०१४ को विश्व कप उपाधि दिलाएका लो पछिल्लो विश्व कपमा कमजोर प्रदर्शनका वावजुद पनि टोलीमा यथावत छन् ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.