default_image

5 years ago

December 11, 2018

रुस्लान थ्री स्टारका पूर्व-फरवार्ड एल्भिस च्यासलमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबका पुर्व फरवार्ड एल्भिस सर्फाे अपिया भ्याली च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् । घानाका एल्भिसलाई जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग र मोफसलका केही प्रतियोगितालाई लक्षित गर्दै क्लबमा अनुबन्ध गरेको च्यासल युथ क्लबले जनाएको छ । एल्भिसले यसअघि संकटा क्लबबाट पनि खेलेका थिए । एल्भिसलाई थ्री […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबका पुर्व फरवार्ड एल्भिस सर्फाे अपिया भ्याली च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् ।

घानाका एल्भिसलाई जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग र मोफसलका केही प्रतियोगितालाई लक्षित गर्दै क्लबमा अनुबन्ध गरेको च्यासल युथ क्लबले जनाएको छ । एल्भिसले यसअघि संकटा क्लबबाट पनि खेलेका थिए । एल्भिसलाई थ्री स्टारले २०७१ मा भएको रेडबुल राष्ट्रिय लिगमा क्लबमा अनुबन्ध गरेको थियो । थ्री स्टारलाई च्याम्पियन बनाउन एल्भिसले पनि महत्वपूर्ण भुमिका निभाएका थिए ।

नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर ट्रायलका लागि बेल्जियम गएपछि च्यासल फरवार्डको खोजीमा रहेको थियो । एल्भिसले बिमलको स्थान पुर्ति गर्ने व्यवस्थापक शंकर व्यन्जनकारले जानकारी गराए । च्यासलको अर्काे फरवार्डमा थ्री स्टारकै पुर्व फरवार्ड सन्तोष साहुखल रहेका छन् ।

च्यासलले २९ मंसिरमा ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । त्यसपछि च्यासलले ३ पुसमा मनाङ–मस्र्याङ्दी तथा ७ पुसमा थ्री स्टारसँग प्रतिस्पर्धा गर्दैछ । सातौं चरणको खेल सकिदा च्यासल १० अंक जोडेर सातौ स्थानमा रहेको छ । च्यासलले ७ खेलमध्ये ३ जित ३ हार र १ बराबरीको नतिजा निकालेको छ ।

च्यासलले यसअघि विदेशी फरवार्ड चीकोलाई अनुबन्ध गरेपनि चोटका कारण उनी अझै दुई महिना मैदान बाहिर रहने भएका छन् । चीकोलाई एन्फामा दर्ता नगराएका कारण क्लबले एल्भिसलाई क्लबमा ल्याउन पाएको हो । ‘ए’ डिभिजनको नवप्रवेशी च्यासलले लिगमा शीर्ष चारभित्र पर्ने लक्ष्य राखेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.