default_image

5 years ago

December 13, 2018

फाल्गुनन्द गोल्डकप ‘बी’ श्रेणीको गोल्डकपमा

दीपक बोहोरा पाँचथर – अखिल नेपाल फुटबल संघ(एन्फा) ले मैफसलमा हुने प्रतियोगिताहरुलाई व्यवस्थित र नियमित गर्ने भन्दै गोल्डकपहरुको वर्गीकरण गरेको छ । पूर्वको प्रतिष्ठत प्रतियोगिता मध्येको फाल्गुनन्द गोल्डकप पनि वर्गीकरणमा पर्न सफल भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) का उपाध्यक्ष कृष्ण थापा नेतृत्वको एन्फाको स्तर निर्धारण समितिले फाल्गुनन्द गोल्डकपलाइ ‘बी’ श्रेणीका वर्गिकरण गरेको हो […]

36 views

0 Bookmark

दीपक बोहोरा

पाँचथर – अखिल नेपाल फुटबल संघ(एन्फा) ले मैफसलमा हुने प्रतियोगिताहरुलाई व्यवस्थित र नियमित गर्ने भन्दै गोल्डकपहरुको वर्गीकरण गरेको छ । पूर्वको प्रतिष्ठत प्रतियोगिता मध्येको फाल्गुनन्द गोल्डकप पनि वर्गीकरणमा पर्न सफल भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) का उपाध्यक्ष कृष्ण थापा नेतृत्वको एन्फाको स्तर निर्धारण समितिले फाल्गुनन्द गोल्डकपलाइ ‘बी’ श्रेणीका वर्गिकरण गरेको हो ।  फाल्गुनन्द गोल्डकप राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम स्पोर्टीङ क्लबले आयोजना गर्दै आएको छ । यसपल्टको संस्करण भने जिल्ला फुटबल संघ पाँचथर र फिदिम स्पोर्टीङ क्लबले संयुक्त रुपमा आयोजना गर्ने क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले जानकारी दिए ।

फाल्गुनन्द गोल्डकपको दशौं सस्करण पुष २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना हुदैछ । एन्फाले यो सिजनमा दिएको समय तालिकाको अनुसार यो नै पहिलो गोल्डकप हुनेछ । फाल्गुन्नद गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । प्रतियोगितामा ए डिभिजन क्लबहरु हिमालयन शेर्पा क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, जावलाखेल युथ क्लब र मोफसलका सुनसरी ११, झापा ११, मोरङ ११, कर्ण सिं सोनाम क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टीङ क्लबको सहभागीता रहने आयोजकले बताएका छन् । केहि क्लबहरुसँग अझै कुरा भइ रहेकाले अन्तीम समय सम्म केहि टिम परिर्वतन हुन सक्ने आयोजकले जानकारी दिए ।

‘बी’ श्रेणीमा परे संगै अब फाल्गुनन्द गोल्डकपले निम्म मापदण्ड पुरा गर्नु पर्ने एन्फाले जनाएको छ । मापदण्ड अनुसार रंगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्याराफिटको व्यवस्था गरिएको हुनपर्ने छ । गोल्डकपमा कम्तिमा ८ टोली सहभागी हुनुपर्ने र त्यसमा कम्तिमा ४ ए डिभिजन क्लब खेल्नुपर्नेछ । सहभागी क्लबका २३ जनाको व्यवस्थापन आयोजकले गर्नुपर्ने छ भने आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने ।

यसबाहेक सुरक्षा व्यवस्था, प्लेयर बक्स र औषधी उपचारको राम्रो व्यवस्था हुनपर्ने । दर्शकलाई व्यवस्थित शौचालयको व्यवस्था गरिएको हुनुपर्ने तथा खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने लगायत बुंदा रहेका छन् ।

पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले नगद उपाधि चार लाख प्राप्त गर्दा उपबिजेताले नगद दुई लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.