7 years ago
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित दर्ता गरेको छ । आठौं चरणअन्तर्गत शुक्रबार भएको खेलमा पुलिसले फ्रेन्सड् क्लबमाथि ५–० को फराकिलो जित हासिल गरेको छ । जारी लिगमा यो फराकिलो अन्तरको हार जित हो ।
यसअघिको फराकिलो हार जितमा त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटा र रुस्लान थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबले समान ५–१ ले हराएको थियो ।
पुलिसको जितमा अभिषेक रिजाल, रवि पासवान, भरत शाह , तेज तामाङ र नीरकुमार राईले गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चौथो मिनेटमा रविको क्रसमा अभिषेकले अग्रता लिएका थिए । रविले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
हेम तामाङको पासमा रविले गोल गरेका थिए । भरतले ५९ औं र तेजले ६२ औं मिनेटमा गोल गरेका थिए । नीरकुमार राईले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल थपेका थिए । आठौं खेलमा पुलिसको यो चौथो जित हो । टोलीले दुई खेलमा बराबरी र २ खेलमा हार बेहोरेको छ ।
पुलिसका रवि खेलको म्यान अफ दी म्याच घोषित भए । आठौं खेलमा फ्रेन्डस्को यो छैटौं हार हो । एक खेल जितेको फ्रेन्ड्सले दुई खेलमा बराबरी खेलको छ । लिगमा आज बलिया दुई टोली सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्ध हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]