default_image

5 years ago

December 14, 2018

प्रदेश १ सरकारले फुटबलमा २ करोड लगानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश १ सरकारले प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग २ करोड रुपैयाँको सम्झौता गरेको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शुक्रबार दुई प्रतियोगिताका लागि सम्झौता भएको एन्फाले जनाएको छ । प्रदेश सरकारले […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश १ सरकारले प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग २ करोड रुपैयाँको सम्झौता गरेको छ ।

फाइल तस्बिर

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शुक्रबार दुई प्रतियोगिताका लागि सम्झौता भएको एन्फाले जनाएको छ । प्रदेश सरकारले बार्षिक रुपमा पहिलो पटक आयोजना हुने प्रदेश नं १ लिगका लागि १ करोड रुपैयाँ र मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि अर्को १ करोड रुपैयाँ उपलब्ध् गराउने सम्झौता भएको हो । एन्फा र प्रदेश सरकारबीच दुई प्रतियोगिताका लागि पाँच वर्षको लागि सम्झौता भएको बताइएको छ ।

प्रदेश लिगमा प्रदेश नं १ मा रहेका १४ जिल्लाका फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा पहिलो र दोस्रो हुने टोलीले अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट्स कपमा भाग लिने पाउनेछन् ।

त्यस्तै प्रदेश सकारको सहयकार्यमा हुने मुख्यमन्त्री कपमा बढीमा १६ टोली सहभागी गराउने सहमति भएको छ । जसमा पल्सर सहिद स्मारक ए डिभिजन लिगको विजेतोदेखि छैटौं स्थान प्राप्त गर्ने क्लब, तीन विदेशी क्लबलाई सहभागि गराइने सहमति भएको एन्फाका प्रवक्ता किरण राई र प्रदेश नं १ सामिाजक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.