default_image

5 years ago

December 16, 2018

रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी

टोरिनो (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा टोरिनोलाई १–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । टोरिनोको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो । सिमोन […]

15 views

0 Bookmark

टोरिनो (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा टोरिनोलाई १–० ले पराजित गरेको छ ।


प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । टोरिनोको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो ।

सिमोन जाजाको ब्याकपासमा अर्मान्डो इजोले छोडेको बलमा टोरिनोका गोलरक्षकले मारियो मान्जुकिचलाई लडाएपछि युभेले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस १–० ले विजयी हुन सफल भयो ।

जितपछि युभेन्टसले आफ्नो शीर्षतामा थप पकड बनाएको छ । युभेन्टसको १६ खेलबाट ४६ अंक पुगेको छ । उसले दोस्रो स्थानको एसएससी नेपोलीमाथि ११ अंकको अग्रता बनाएको छ । नेपोलीले एक खेल कम खेलेको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.