काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार सरस्वती युवा क्लब र जावलाखेल युवा क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
खेलकाे चाैथाे मिनेटमा सरस्वतीका भिक्टर अमाेवीकाे प्रहार पाेलमा लागेर बाहिरियाे । २० अाैं मिनेटमा जावलाखेलकाे लावलकाे फ्रिकिक सरस्वतीका गाेलरक्षक प्रदिप भन्डारीले बचाए । २६ अाै मिनेटमा सुशील कुमार यादवकाे प्रहारले पाेष्टकाे दिशा लिएन । पहिलाे हाफकमे इन्ज्युरी समयमा सरस्वतीका दिपेश श्रेष्ठकाे पासलाई वान भर्सेस वानमा तिर्थ बस्नेतले भेट्न सकेनन् ।
दोस्रो हाफमा सरस्वतीले अग्रता लिने सुनौलो अवसर गुमायो । ७५अाैं मिनेटमा सरस्वतीका भिक्टर अमाेवीले गाेल गर्ने सुन्दर माैका खेर फाले । गाेलरक्षक टकेन्द्र थापा बिट भैसकेकाे अवस्थामा भिक्टरले प्रहार गर्न निकै ढिला गरे । उनकाे प्रहार पाेस्टबाट थाेरै बाहिरबाट गयो ।
यस बराबरीसँगै नवौं स्थानमा रहेको सरस्वतीले ९ खेलमा २ जित, २ बराबरी र ५ हार सँगै ८ अंक जोडेको छ । फ्रेन्ड्स १ जित, २ बराबरी र ६ हारसँगै ५ अंक जोड्दै दशौं स्थानमा छ ।
अंक तालिका :