default_image

7 years ago

December 18, 2018

एपीएफले मछिन्द्रलाई हरायो

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले मछिन्द्र क्लबलाई ३-१ ले पराजित गर्दै राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित दर्ता गरेको छ ।

खेलकाे तेस्राे मिनेटमा आशिष लामाकाे गोल एपीएफले अग्रता लिएको थियो । युवराज खड्काले तीन रक्षकलाई कटाएर बल अघि बढाएपछि अाशिषले प्रहार गरेकाे बल पाेलमा लाग्दै गाेलरक्षकलाई ठोकींदै गाेलमा परिणत गरेका थिए ।

त्यसपछि ११अाैं मिनेटमा श्याम नेपालीकाे क्रसमा युवराज खड्काकाे हेडरमार्फत गाेल गरे । ३३ अाैं मिनेटमा अल्वा एडिमाेलाले मच्छिन्द्रका लागि लिगमा पहिलाे गाेल गरेका हुन् । ४०अाैं मिनेटमा एडिमाेलाले बराबरी गाेल गर्ने माैका खेर फाले ।

दोस्रो हाफको अन्तिम मिनेटमा एपीएफले अग्रता दोब्बर पार्यो । रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाए । जारी लिगमा एपीएफको यो चौथो जित हो । एपीएफले ९ खेलमा ४ जित र १ बराबरीसँगै १३ अंक जोडेको छ । मछिन्द्र ९ खेलमा ३ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.