default_image

7 years ago

December 18, 2018

च्यासललाई हराउँदै मनाङ पुन: ३ अंकले अगाडि

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा भ्याली च्यासल युवा क्लबलाई ३-१ ले पराजित गरेको छ ।

मनाङका लागि फरवार्ड आडिलेजे सोमिडेले १६ औं मिनेटमा अग्रता दिलाए । उनले ओलावाले आफिजले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा ६ यार्ड बक्सनजिकबाट गोल गरेका थिए ।

२० औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फितलो प्रहारलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । २८ औं मिनेटमा मनाङका हेमन गुरुङको फ्रिकिकमा भिक्टरको हेडर गोलरक्षक दिनेश थापामगरले बचाए ।

५१ औं मिनेटमा च्यासलका एल्भिसको पासमा संजोक राईको प्रहार आकाशियो । ५८ औं मिनेटमा अन्जन विष्टको प्रहार गोलरक्षकले बचाए । ६४औं मिनेटमा ओलावालेको प्रहार गाेलरक्षकले मुस्किलले बचाए ।

७२औं मिनेटमा ओलावाले ओलाडिपोले मनाङको अग्रता बढाए । उनले मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गरेका थिए । ८७औं मिनेटमा मनाङका वैकल्पिक खेलाडी विमल रानाले गोल गर्दै अग्रता फराकिलो बनाए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पेनाल्टीमार्फत च्यासलका देवेन्द्र तामाङ गोल । आसिफले बक्समा फल गरेपछि च्यासल ले पेनाल्टी पाएको थियो ।

यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा ३ अंकले अगाडी छ । मनाङको ९ खेलमा २७ अंक रहेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.