default_image

7 years ago

December 18, 2018

मेसीलाई पाँचौपटक गोल्डेन बुट उपाधि

100 views

0 Bookmark

एजेन्सी – बार्सिलोना फरवार्ड लिओनेल मेसीले करिअरमा पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् ।

मेसीले यस उपाधिसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । रोनाल्डोले हालसम्म चार पटक मात्र उपाधि जितेका छन् । मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै आफ्नो करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे पहिले नसोचेको बताए । ‘ मैले सुरुवातमा यो सबसोचेको थिईन । मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्ने थियो । सफलता हात पार्न सक्छु भन्ने विश्वास थियो, तर यहाँसम्म होइन,’ उनले भने ।

‘ म मेरो काम मन पराउँछु । मिहिनेत गर्न मलाई एकदम मनपर्छ र मेरा सहकर्मीको साथ् यो सबैमा सबैभन्दा महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ म विश्वकै सर्वोत्कृष्ट टोलीमा रहेको छु । मसंग विश्वका उत्कृष्ट खेलाडी साथमा खेलिरहेका छन् । यसले गर्दा नै मैले व्यक्तिगत उपाधि सहज रुपमा जित्न सकेको छु,’ उनले भने ।

मेसीले च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनसँगको खेलबारे पनि बोले । ‘ लियोन ठूलो नाम भएको टोली नभएपनि खेल सहज हुने छैन । म्यान्चेस्टर सिटीविरुद्ध लियोनले गरेको प्रदर्शन हेरेर पनि थाहा हुन्छ । खेल आउन लामो समय छ, अहिले केहि भन्ने अवस्था छैन ,’ उनले भने ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.