7 years ago
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबको खेल १-१ को बराबरीमा सकिएको छ ।

खेलको पाँचौ मिनेटमा ऋतिक खड्काले गोल गरे । काजिमले उपलब्ध गराएको पासमा ऋतिकले गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गरेपछि ब्रिगेड ब्वाइजले अग्रता लिएको हो । २१औं मिनेटमा अजित भन्डारीको पासमा दिनेश राजवंशीको हेडर डिफेन्डर सुजित बुढाथोकीले क्लियर गरिदिए ।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रवि पासवानको प्रहार गोलरक्षक सागर राय बिट भएपनि रन्दिप पौडेलले गोल लाईनबाट क्लियर गरिदिए । पहिलो हाफमा ब्रिगेड ब्वाइज १-० को अग्रतामा थियो ।

७५ औं मिनेटमा पुलिसले खेलमा बराबरी गोल गर्यो । दिनेश राजवंशीको क्रसमा अभिषेक रिजालको हेडर गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेटमै पुलिसले अग्रता लिने मौका गुमायो । रवि पासवानको प्रहार गोलरक्षकले फुस्काएपछि अभिषेक रिजालले गरेको प्रहार गोलरक्षकले बचाए ।
दोस्रो हाफको इन्ज्युरी समयमा अभिषेक रिजालले रवी पासवानको पासमा गरेको प्रहार गोलरक्षकले विफल पारे । यस बराबरीसँगै ब्रिगेड ब्वाइजको ९ खेलमा १ जित र १ बराबरीसँगै ४ अंक भएको छ । पुलिसको ४ जित र ३ बराबरीसँगै १५ अंक पुगेको छ । अंक तालिकामा पुलिस पाँचौ स्थानमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]