default_image

7 years ago

December 20, 2018

बेलको ह्याट्रिकसँगै रियल विश्वकप फाइनलमा

160 views

0 Bookmark

एजेन्सी – फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि युरोपेली च्याम्पियन रियल म्याड्रिड जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले काशीमालाई ३-१ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।

रियलले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा अग्रता बनाएको थियो । बेलले गोल गर्दै रियललाई खेलमा अगाडी बढाए । दोस्रो हाफको सुरुवातमै दुई गोल थप्दै बेलले ह्याट्रिक पूरा गरे । ५३ अौं मिनेटमा अग्रता दोब्बर पारेका बेलले दुई मिनेटमै ह्याट्रिक प्रहार गरे ।

काशीमाका लागि शोमा डोईले ७८ अौं मिनेटमा गोल फर्काएपनि उक्त गोल सान्त्वनामा नै सिमित भयो । रियलले अब फाइनलमा स्थानीय क्लब अल अाइनको सामना गर्नेछ । अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

रियल लगातार तेस्रो पटक क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । शनिबार हुने फाइनलमा विजयी भए रियलले उपाधिमा ह्याट्रिक गर्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.