default_image

5 years ago

December 21, 2018

जुनसुकै भूमिकाका लागि बेल तयार

अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले प्रशिक्षकले दिने जुन सुकै भूमिकामा पनि आफु खेल्न तयार रहेको बताएका छन् । बेलको ह्याट्रिकसँगै काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै बुधबार रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा पुगेको थियो । उनले बुधबार लेफ्ट विङ्सबाट खेलेका थिए । टोटेनह्याममा हुँदा देखि नै बेल तीब्रगतिका विङ्गर थिए । तर, स्पेनिस […]

26 views

0 Bookmark

अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले प्रशिक्षकले दिने जुन सुकै भूमिकामा पनि आफु खेल्न तयार रहेको बताएका छन् । बेलको ह्याट्रिकसँगै काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै बुधबार रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा पुगेको थियो । उनले बुधबार लेफ्ट विङ्सबाट खेलेका थिए ।

टोटेनह्याममा हुँदा देखि नै बेल तीब्रगतिका विङ्गर थिए । तर, स्पेनिस क्लबमा पुगेयता उनले राइट विङ्स र सेन्टरबाट पनि खेल्नु परेको थियो । रोनाल्डोले लेफ्ट विङ्सबाट खेल्दा बेलले आफ्नो बलियो पोजिसनमा खेल्ने अवसर पाएका थिएनन् । वेल्सका कप्तान समेत रहेका बेलले आफुलाई लेफ्टमा खेल्न बढी सहज हुने बताएका छन् । यद्दपी उनले फरवार्ड वा अरु कुनै भूमिकामा पनि आफुलाई फरक नपर्ने र टोलीको जितका लागि कोसिस गर्ने बताएका छन् ।

‘मैले खेल जीवनको अधिकांश समय लेफ्ट विङ्सबाट खेले । मलाई त्यहि खेल्न सहज लाग्छ,’ उनले भने, तर, म राइटमा पनि खेल्न सक्छु । लेफ्ट वा सेन्टरमा पनि मलाई केहि समस्या छैन । प्रशिक्षकको आवश्यकता अनुसार म खेल्न तयार छु । गोल गर्दा खुसी लागेको उल्लेख गर्दै बेलले टोलीलाई सहयोग गर्नु र फाइनल पुग्नु महत्वपूर्ण भएको बताएका छन् ।

‘यो हाम्रो लागि महत्वपूर्ण जित हो । खेलमा हामीलाई कठिन हुन्छ भन्ने थाहा थियो । तर हामीले राम्रो खेल्ने प्रयास गर्यौ र फाइनल पुग्यौं ,’ बेलले भने, ‘यो अर्को उपाधि हो । क्लबका लागि उपाधि जित्नु सधै महत्वपूर्ण हुन्छ । खेलाडी सबैले सामूहिक प्रदर्शन गरेका छन् । ‘

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.