7 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । शुक्रबारको पहिलो खेलमा मछिन्द्रले सरस्वती युवा क्लबलाई ४-२ ले पराजित गर्दै पहिलोपटक ३ अंक जोडको हो ।

म्यान अफ द म्याच विशाल राई
खेलको चौथो मिनेटमा सरस्वतीले आत्मघाती गोलको सहाराले अग्रता बनाएको थियो । मच्छिन्द्रका सन्जय राजवहाकले कर्नरमा आएको बललाई क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए । १८ औं मिनेटमा भासाडिया डाइमान्डेको कर्नरमा कप्तान विशाल राईले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
२३औं मिनेटमा मछिन्द्रका भासाडिया डाइमान्डेले काउन्टरमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । २५औं मिनेटमा विवेक पन्डितको फ्रिकिमा अनिल गुरुङको हेड गोलमा मच्छिन्द्रले अग्रता दोब्बर पार्यो ।
पहिलो हाफ सकिन ७ मिनेट बाँकी रहँदा फ्रान्सिस ओनेयामाले गोल गरे । उनले भिक्टर अमोबीको क्रसलाई सदुपयोग गर्दै खेलमा फर्कने लक्षण देखाएका थिए । त्यसको एक मिनेटपछि नै सरस्वतीले खेल बराबर गर्ने मौका गुमायो । डिफेन्डर सविन खड्काले वन भर्सेस वनमा गोल गर्न नसक्दा सरस्वती १ गोलले पछाडी नै रहयो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा पनिसरस्वतीले खेलमा फर्कने मौका गुमायो । भिक्टरकै पासमा फ्रान्सिस गोल गर्नबाट चुके । ५३औं मिनेटमा फ्रान्सिसको भली प्रहार क्रसबारमा लागेर बाहिरियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा मछिन्द्रले अर्को गोल थप्यो । विकास राईले पेनाल्टीमा गोल गर्दै मछिन्द्रको जित पक्का गरे । सरस्वतीका सुसन लामाले खामिर गिल्सनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
यस जितसँगै मछिन्द्र अंक तालिकाको ११ औं स्थानमा पुगेको छ । मछिन्द्रले १० खेलमा १ जित र ३ बराबरीसहित ६ अंक जोडेको छ । सरस्वती भने १० खेलमा १० अंकसहित नवौं स्थानमा यथावत छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]