default_image

7 years ago

December 21, 2018

दश खेलाडीमा सिमित शेर्पामाथि फ्रेन्ड्स विजयी

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब फ्रेन्ड्स क्लबविरुद्ध २-१ ले पराजित भएको छ । दोस्रो हाफमा शेर्पा १० खेलाडीमा सिमित भएपछि फ्रेन्ड्सले गोल गर्दै जित दर्ता गर्यो ।

दुवै गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो । खेलको २६ औं मिनेटमा शेर्पाका लागि गोहा प्याट्रिक प्रिभाटले सुरुवाती गोल गरेका थिए । कर्ण लिम्बूको थ्रु बलमा प्याट्रिकले पेनाल्टी क्षेत्रभित्र गरेको फितलो प्रहार देव लिम्बूले बचाउने प्रयास गरेपनि पोस्टमा छिरेको थियो । पछाडी पारेको दुई मिनेटमै फ्रेन्ड्सले गोल फर्कायो । सन्जोग महर्जनले उत्कृष्ट फिनिस गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको ८० औं मिनेटमा शेर्पा दश खेलाडीमा सिमित भयो । आशिष गुरुङले सन्जोग महर्जनलाई लात्ती हानेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए । खेलको ३ मिनेट बाँकी छँदा केहि मिनेटमा नै फ्रेन्ड्सले गोल गर्यो । काउन्टर अट्याकमा फ्रेन्ड्सका जीवन गुरुङले गोल गर्दै अग्रता दिलाए ।

यस जितसँगै फ्रेन्ड्सले १० खेलमा २ जित र २ बराबरीसँगै ८ अंक जोडेको छ । शेर्पा भने १० खेलमा ४ जित र २ बराबरीसँगै १४ अंकमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.