default_image

5 years ago

December 21, 2018

जावलाखेललाई पराजित गर्दै एनआरटीले लिगमा पहिलो जित रच्यो

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तरगत शुक्रबार भएको खेलमा एनआरटीले ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एनआरटीले जितको स्वाद लिगको १०औं चरणमा पाएको हो । त्यअघि एनआरटीले […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।

फाइल फोटो

लिग अन्तरगत शुक्रबार भएको खेलमा एनआरटीले ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।
एनआरटीले जितको स्वाद लिगको १०औं चरणमा पाएको हो । त्यअघि एनआरटीले लिगको पहिलो चरणको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई २–२ गोलको बराबरीमा रोक्दै १ अंक जोडेयता सबै ८ खेलमा पराजय भोगेको थियो ।

हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा भएको खेलमा एनआरटीलाई लिगमा पहिलो जित दिलाउन कोवासी डिडियर युवे र सुशिल लामाले गोल गरे । जावलाखेलका सुमन डंगोलले १ गोल फर्काए ।

एनआरटीले खेलको ३४औं मिनेटमा कोवासी डिडियर युवेको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५७औं मिनेटमा सुशिल लामाले गोल गरेपछि एनआरटीले अग्रता दोब्बर बनायो ।

त्यसको २ मिनेटपछि नै जावलाखेलका सुमन डंगोलले गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा एनआरटीले लिगमा पहिलो जित दर्ता गर्न सफल भयो ।

जितपछि एनआरटी लिगमा ४ अंक जोडेर पुछारमा यथावत छ । पराजित जावलाखेल ८ अंक जोडेर १०औं स्थानमा यथावत छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.