default_image

7 years ago

December 22, 2018

लिभरपुललाई शीर्षस्थानमा ४ अंकको अग्रता

137 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चार अंकको अग्रता लिदै उपाधि दावेदारिता थप बलियो बनाएको छ ।

प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा वल्भ्सलाई २–० ले पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानाको म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको हो । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीले आज राति क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।

लिगमा अपराजित रहेको लिभरपुलको १८ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ४४ अंक छ । सिटीले लिगमा एक खेलमा हार बेहोरेको छ ।

वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाहले उच्च प्रदर्शन गरे । उनले एक गोल गर्नुका सार्थ अर्काे गोलको लागि अवसर सिर्जना गरिदिए । खेलको १८औं मिनेटमा सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

जारी सिजन सलाहको यो १४औं गोल हो । ६८औं मिनेटमा सलाहकै पासमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । यससँगै लिभरपुल नयाँ वर्षसम्म प्रिमियर लिगको शीर्ष स्थानमा रहने पक्का भएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.