7 years ago
December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लब भिड्दैछन् ।

च्यासल पहिलो पटक ए डिभिजन लिगमा खेलिरहेको छ । दुवै क्लब ललितपुरको पाटनमा अवस्थित छन् । च्यासल क्लब ए डिभिजन लिगकै सबैभन्दा कान्छो क्लब पनि हो । च्यासलले लिगमा ठूला खेलाडी अनुबन्ध गर्दै उपाधिको दावेदारी पनि देखाएको थियो । तर खराब सुरुवात पाएपछि च्यासलले अहिले शीर्ष ४ लाई आफ्नो मुख्य लक्ष्य बनाएको छ ।
यता थ्री स्टार पछिल्लो खेलमा आर्मीसँग बराबरीमा रोकिएपछि उपाधि सम्भावनाबाट टाढीएको छ । तेस्रो चरणमा मनाङसँग पराजित भएपछि थ्री स्टारको उपाधि लक्ष्यमा धक्का पुगेको छ । पछिल्लो खेलमा पनि थ्री स्टार जितअन्जिक पुग्दा इन्ज्युरी समयमा जर्जप्रिन्सको फ्रिकिकले आर्मीलाई एक अंक दिलाएको थियो ।
शनिबारको खेलमा च्यासलका सन्तोष साहुखल उपलब्ध हुने छैनन् । उनी जापान फर्किसकेका छन् । च्यासलको अग्रपंक्ति थ्री स्टारका पूर्व फरवार्ड एल्भिसले सम्हाल्नेछन् । च्यासलको कप्तानी पनि थ्री स्टारकै पूर्व डिफेन्डर देवेन्द्र तामाङले सम्हालेका छन् । च्यासलले आफ्नो शीर्ष ४ मा आउने सम्भावना बलियो बनाउन जित दर्ता गर्नुपर्ने छ । थ्री स्टारले भने उपाधि जित्ने सम्भावना जीवित राख्न जित दर्ता गर्नुपर्ने समीकरण रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]