7 years ago
December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

खेलको चौथो मिनेटमा च्यासलका सन्त बहादुर गुरुङको प्रहार आकासियो । सातौं मिनेटमा थ्री स्टारका रन्जित धिमालको फ्रिकिकमा बुद्व चेम्जोङको हेडर गोलरक्षक दिनेश थापामगरले पञ्च गरेर बचाए । १३औं मिनेटमा च्यासलका सजिन थापामगरले वान भर्सेस वानमा गोल गर्न सकेन ।
१६औं मिनेटमा च्यासलका एल्भिसको प्रहार आकासियो । ४१औं मिनेटमा अमिर श्रेष्ठको फ्रिकिक गोलरक्षक एलेन न्यौपानेले पञ्च गरेर बचाए ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेनन् । ५२ औं मिनेटमा अजायी मार्टिन्सको प्रहार दिनेशले बचाए । ७२ औं मिनेटमा मिक्छेन तामाङको पासमा अल्बर्ट अबाङले गोल गर्न सकेनन् ।
यस बराबरीसँगै थ्री स्टारको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । थ्री स्टारले लिगका १० खेलमा ७ जित, २ बराबरी र १ हारसँगै २३ अंक जोडेको छ । थ्री स्टार मनाङभन्दा ४ अंकले पछाडी छ र मनाङले एक खेल कम खेलेको छ । यता च्यासल भने १० खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक जोडेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]