7 years ago
December 23, 2018
एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा यूएईको अल आइनलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियल विश्वकप विजेता बनेको हो ।
रियलका लागि खेलको १४ अौं मिनेटमा लुका मोड्रिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० अौं मिनेटमा मार्कस लोरेन्टेले अग्रता दोब्बर पारे । सर्जियो रामोसले ७९ अौं मिनेटमा रियललाई ३-० ले अगाडी बढाए ।
खेलको ४ मिनेट बाँकी रहँदा सुकासा सिअोतानीले अग्रता कम गरे । तर इन्ज्युरी समयमा याह्या नादेरले अात्मघाती गोल गरेपछि रियल ४-१ ले विजयी भयो ।
रियलको यो समग्रमा चौथो क्लब विश्वकप उपाधि हो । यता रियलले शनिबारको जितसँगै प्रतियोगितामा सर्वाधिक जितको कीर्तिमान पनि आफ्नो नाम गरेको छ । यसअघि बार्सिलोना र रियलले समान खेल जितेका थिए । मिडफिल्डर टोनी क्रुसले पछिल्ला ६ विश्वकपमध्ये ५ उपाधि आफ्नो नाम गरेका छन् । सन् २०१३ मा बायर्नबाट उपाधि जितेका क्रुसले सन् २०१५ बाहेकका सबै उपाधि जितेका छन् ।
त्यसअघि भएको तेस्रो स्थानको खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानको काशीमा एन्टलर्सलाई ४-० ले पराजित गर्दै उपाधि जितेको थियो । रिभर प्लेटको जितमा क्लबका लागि अन्तिम खेल खेलिरहेका गोन्जालो मार्टिनेजले २ गोल गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि रियलका ग्यारेथ बेलले जिते । उनले २ खेलमा ३ गोल गरेका थिए । सिल्भर बल अल आईनका कैओले पाउँदा ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले पाए । रियल म्याड्रिडले फेयर प्ले अवार्ड पनि प्राप्त गर्यो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]