default_image

7 years ago

December 23, 2018

लगातर दशौं जितसँगै मनाङ ५ अंकले अगाडी

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन फुटबल लिगमा लगातार दशौं जित दर्ता गरेको छ । आइतबारको दोस्रो खेलमा मनाङले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मनाङका लागि आडिलेजे सोमिडेले गरेको गोल नै निर्णायक सावित भयो । सोमिडेले ५२ औं मिनेटमा हेमन गुरुङको लामो पासलाई डिफेन्ड र गोलरक्षकको बीचबाट पहिलो टचमा नै गोलमा परिणत गरेका थिए । पुलिसले खेलमा पछाडी परेपछि बरब्रो गर्ने केहि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न भने सकेन ।

यस जितसँगै मनाङले शीर्ष स्थानमा ५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । मनाङको १० खेलमा शत प्रतिशत जित नतिजासहित ३० अंक छ । दोस्रो स्थानको संकटाले १० खेलमा ८ जित, १ बराबर र १ हारसँगै २५ अंक जोडेको छ । रुस्लान थ्री स्टार १० खेलमा ७ जित, २ बराबरी र १ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ ।

अंक तालिका:

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.