7 years ago
December 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशौं चरणका खेल समापन भए । दशौँ चरणका खेलमा केहि यस्ता नतिजा भए जुन धेरैलाई चकित तुल्याउने किसिमका थिए । समग्रमा दशौं चरणका नतिजाले साविक विजेता मनाङलाई भने उपाधि लक्ष्यमा निकै सघाउ पुगेको छ ।
दशौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती क्लबलाई ४-२ को अन्तरले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गर्यो । फ्रेन्ड्स क्लबले पनि शीर्ष ६ मा अडिने लक्ष्य बनाएको हिमालयन शेर्पा क्लबलाई निराश पार्यो । त्यसै दिन न्यू रोड टिम (एनआरटी) ले जावलाखेल युवा क्लबलाई २-१ ले पराजित गर्दै लिगको पहिलो जित दर्ता गर्यो । पुछारका टोलीले लगातार जित दर्ता गर्दा दशौं चरणले अंक तालिकामा उथलपुथल ल्याउने संकेत देखियो ।
दोस्रो दिन शनिबार भएका दुवै खेल बराबरीमा सकिए । उपाधि दौडमा मनाङलाई दवाव दिइरहेका रुस्लान थ्री स्टार क्लब र सीएमजी क्लब संकटा बराबरीमा रोकिँदा मनाङलाई फाइदा पुग्यो । थ्री स्टार छिमेकी टोली भ्याली च्यासल युवा क्लबसँग गोलरहित बराबरीमा रोकियो । ब्रिगेड ब्वाइजले संकटालाई १-१ को बराबरीमा रोक्दै मनाङलाई ठुलो सहयोग पुर्यायो ।
अन्तिम दिन मनाङलाई उपाधि लक्ष्यमा थप सघाउ पुग्यो । नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हरायो । लगत्तै मनाङले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा ५ अंकको अग्रता बनायो । मनाङले आफ्नो खेलमा जितसहित ३ अंक त हात पार्यो नै । उपाधि होडमा रहेका अन्य टोलीले पनि अंक गुमाउँदा मनाङलाई ‘दुवै हातमा लड्डु’ को अवस्था भयो ।
लिगको ३ खेल बाँकी रहेको अवस्थामा मनाङले ५ अंकको अग्रता लिएको छ । अब मनाङले अर्को खेलमा संकटाको सामना गर्दैछ । उक्त खेलमा जित दर्ता गरे मनाङले लिग उपाधि जित्नेछ । पराजित भएको खण्डमा भने टोलीले बाँकी दुई खेलको नतिजालाई पनि गम्भीर रुपमा लिनुपर्ने छ ।
यो पनि पढ्नुहोस : ‘सबै खेल जितेर इतिहास रच्न चाहन्छौं’ – मनाङका प्रशिक्षक श्रेष्ठ
अंक तालिका:
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]