7 years ago
December 26, 2018
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वैकल्पिक खेलाडीको रुपमा मैदान छिर्दै गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत बुधबार १० खेलाडीमा सिमित युभेन्ट्स एटलान्टासँग २-२ को बराबरीमा रोकिएको छ ।
प्रशिक्षक मासिमिलानो एलेग्रीले रोनाल्डोलाई विश्राम दिँदै बेन्चमा राखेपनि युभेन्ट्सले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । एटलान्टाका बेराट जिम्सितीले आत्मघाती गोल गरेपछि युभे अगाडी बढेको थियो । खेलको २४ औं मिनेटमा पापु गोमेजको पासलाई सदुपयोग गर्दै दुभान जपाताले बराबरी गोल फर्काए ।
दोस्रो हाफको ५३ औं मिनेटमा युभेन्ट्स १० खेलाडीमा सिमित भयो । रोड्रीगो बेन्टान्कुरले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीपछि युभे समस्यामा परेको थियो । त्यसको ३ मिनेटमा नै युभे खेलमा पछाडी पर्यो । गोमेजकै क्रसमा जपताले गोल गर्दै घरेलु टोली एटलान्टालाई अगाडी बढाए ।
प्रशिक्षक एलेग्रीले रोनाल्डोलाई ६५ औं मिनेटमा सामी खेडिराको स्थानमा मैदान पठाए । रोनाल्डोले ७८ औं मिनेटमा मारियो मान्जुकीचको पासलाई सदुपयोग गर्दै बराबरी गोल गरे । यस बराबरीसँगै युभेन्ट्सले लिगमा अपराजित यात्रालाई कायम राखेको छ । टोलीले १८ खेलमा १६ जित र २ बराबरीसँगै ५० अंक जोडेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]