default_image

7 years ago

December 26, 2018

लिभरपुलले शानदार जित निकाल्दा सिटी लेस्टरसँग स्तब्ध

175 views

0 Bookmark

एनफिल्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा रहेको लिभरपुलले न्यु क्यास्टलमाथि शानदार जित निकाल्दा म्यानचेस्टर सिटी लेस्टरसिटीसँग स्तब्ध बनेको छ ।


प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुले न्यु क्यास्टललाई ४–० को भारी अन्तरले पराजित गर्दा सिटी लेस्टरसँग २–१ ले स्तब्ध बनेको हो ।

यससँगै अपराजित रहेको लिभरपुलले आफ्नो शीर्षता ६ अंक पु¥याएको छ । लिभरपुलको ५१ अंक पुगेको छ । सिटीलाई ७ अंकले पछि पारेको छ । दोस्रो स्थानमा उक्लिएको टोटेनहमको ४५ अंक छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई फराकिलो जित दिलाउन डिजन लभरेन, मोहम्मद सलाह, जरदान शाकिरी र फाविन्होले गोल गरे ।
लिभरपुलले खेलको ११औं मिनेटमा डिजनको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

 

४७औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल २–० ले अघि बढ्यो । पल डम्मेटले सलाहलाई अनावश्यक फल गरेपछि लिभरपलुले पेनाल्टीको मौका पाएको थियो । जसमा सलाहले सहजै गोल गरे ।

७९औं मिनेटमा टे«न्ट एलेसन्दर अर्नाेल्डको पासमा जरदान शकिरीले गोल गर्दै लिभरपुललाई ३–० को स्थितिमा ल्यायो । खेल सकिन ५ मिनेट बाँकी रहँदा सलाहको पासमा फाविन्होले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए ।

बुधबार राति नै भएको अर्काे खेलमा साविकको विजेता म्यानचेस्टर सिटी लेस्टर सिटीसँग २–१ ले स्तब्ध बनेको छ । सिटीले खेलमा अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा लेस्टरसँग स्तब्ध बनेको हो । सिटीलाई स्तब्ध बनाउन मार्क अलब्रिटन र रिकार्डाे पेरिराले गोल गरे । सिटीका बर्नाडो सिल्भाले एक गोल गरे ।

लेस्टरको मैदान किङ पावर स्टेडियममा भएको खेलमा सिटीले खेलको १४औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट खेलमा अग्रता बनाएको थियो । सिल्भाले सर्जियो अग्विरोको पासलाई सदुपयोग गरेका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन ।

१९औं मिनेटमा घरेलु टोलीका मार्क अलब्रिटनले बराबरी गोल फर्काए । उनले जेमी भार्डीको पासलाई गोलमा परिणत गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको ८१औं मिनेटमा रिकार्डाेले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी लेस्टरसँग २–१ ले स्तब्ध बन्न पुग्यो । सिटी अन्तिम समयमा १० खेलाडीमा रिसमेटिन पुग्यो । सिटीका फावियन डेफले रिकार्डाे पेरिरामाथि गम्भीर फल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

लेस्टरसँगको हारपछि सिटी तेस्रो स्थानमा झरेको छ । लेस्टर २८ अंक जोडेर सातौ स्थानमा उक्लिएको हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.