7 years ago
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र सीएमजी क्लब संकटा भिड्दैछन् । यस खेलको नतिजाले सिजनको उपाधि छिनोफानो हुने समिकरण पनि रहेको छ ।
मनाङले लिगमा शत प्रतिशत जितको नतिजालाई निरन्तरता दिँदै शीर्ष स्थान कायम गरेको छ । १० खेलमा मनाङले १० जित दर्ता गर्दै ३० अंक जोडेको छ । यसक्रममा मनाङका लागि फरवार्ड ओलावाले आफिजले ६ तथा अन्जन विष्टले ५ गोल गरेका छन् । मनाङले १० खेलमा ४ खेलमा मात्र गोल खाएको छ ।
यता संकटाले लिगका १० खेलमा ८ जित, १ बराबरी र १ हारसहित २५ अंक जोडेको छ । संकटाका लागि एलोन म्याक्सवेलले सर्वाधिक ४ गोल गर्दा सेड्रिक अबा, दिपेश आलेमगर र अमित तामाङले ३-३ गोल गरेका छन् । मनाङले १० खेलमा ५ क्लिनसिट पनि राखेको छ ।
मनाङले यस खेलमा जित निकाले लिग उपाधि पक्का गर्नेछ । बराबरी भएको खण्डमा भने मनाङले अर्को खेलको नतिजा आफू अनुकुल बनाउनु पर्नेछ । संकटाले मनाङलाई हराएमा भने संकटाले मनाङसँगको दुरी २ अंकमा झार्नेछ । यद्यपी संकटाले अर्को खेलमा थ्री स्टारको सामना गर्ने हुनाले उपाधि होड सहज भने हुने छैन ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]