default_image

7 years ago

December 27, 2018

एपीएफ र च्यासलको बराबरी

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

खेलको पहिलो हाफको सातौं मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २५ अौं मिनेटमा अाशीष लामाको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा एपीएफ अग्रता लिनबाट चुक्यो ।

३१ अौं मिनेटमा च्यासलले खेलमा सुरुवाती अग्रता बनायो । सन्तबहादुर गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरे । विश्व अधिकारीको प्रहार एपीएका सन्तोष कुमार कटुवालले रोकेपनि गोलरक्षक राजु योगी पोजिसनमा नभएको अवस्थामा सन्तबहादुरले गोल गरे ।

खेलको ४२ अौं मिनेटमा एपीएफले पेनाल्टी पाएपनि बराबरी गोल फर्काउन भने सकेन । सुदिप सिख्राकारको प्रहारलाई गोलरक्षक दिनेश थापामगरले अाफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे ‌। च्यासल कप्तान देवेन्द्र तामाङले आशिष लामालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

दोस्रो हाफको सुरुवातमै एपीएफले बराबरी गोल फर्कायो । ५४ औं मिनेटमा एपीएफका श्याम नेपालीले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले बचाउन सकेनन् । ७७ औं मिनेटमा च्यासल १० खेलाडीमा समेटियो । गौरव बुढाथोकीले दोहोरो पहेंलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भए ।

८७ औं मिनेटमा एपीएफका प्रदिप लामाले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार पोस्टबाहिर गयो । ८९ औं मिनेटमा सन्तबहादुर गुरुङले च्यासललाई खेल जिताउने सुवर्ण अवसर खेर फाले । छिरिङ गुरुङको पासमा सन्तबहादुरले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई सहजै नियन्त्रणमा लिएपनि प्रहारलाई पोस्टको दिशा दिन सकेनन् । इन्ज्युरी समयको पहिलो मिनेटमा एपीएफका राजन गुरुङले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

यस बराबरीसँगै अंक तालिकामा दुवै टोली यथास्थानमा रहेका छन् । छैटौं स्थानको एपीएफले ११ खेलमा ५ जित र २ बराबरीसँगै १७ अंक जोडेको छ । आठौं स्थानको च्यासलले ११ खेलमा ४ जित र ३ बराबरीसँगै १५ अंक बनाएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.