7 years ago
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ । ११ चरण सम्म आइपुग्दा विजय यात्रालाई जारी राखेको मनाङले उपाधि रक्षा पनि गरेको हो ।
मनाङको यो आठौं लिग उपाधि हो । पछिल्लो पटक २०७० मा आयोजना भएको ए डिभिजन लिग पनि मनाङले नै जितेको थियो । सातदोबाटेस्थित एन्फा कम्प्लेक्समा निकटतम प्रतिद्धन्द्धी सिएमजी क्लब संकटालाई बिहीबार ३–१ ले हराउँदै मनाङले अन्तिम २ खेल बाँकी रहँदा लिग उपाधि पक्का गरेको हो । मनाङका तीनै गोलमा विशाल राईको भूमिका रह्यो ।
रेलिगसेन विनाको लिगमा ११ खेलको समाप्तीमा शीर्ष स्थानको मनाङको ३३ अंक छ । २५ अंकको संकटाले अन्तिम २ खेल जितेपनि अब मनाङलाई भेट्ने छैन । पहिलो हाफको इन्जुरी समयमा मनाङका विशाल राईले प्रहार गरेको कर्नर संकटाका गोलकिपर राजाबाबु थापाले पन्च गर्न खोज्दा आफ्नै पोस्टमा बसेका रोशन पहारीलाई लाग्दै छिरेपछि मनाङले अग्रता लिएको थियो ।
खेल सकिन ८ मिनेट बाँकी रहँदा पुजन उपरकोटीले मनाङको अग्रता दोब्बर पारे । सुजल श्रेष्ठको सट्टा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका थिए । विशालको कर्नरमा उनले हेडरमा गोल गरेका थिए ।
८७ औं मिनेटमा विशालकै क्रसमा एडिलाजाको हेडमा गोलमा मनाङले अग्रतालाई ३–० बनाएको थियो । ८९ औं मिनेटमा संकटाका लागि सेड्रिक आबाले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै अन्तर घटाएका थिए । लिग उपाधिसँगै मनाङले ५० लाख रुपैयाँ पक्का गरेको छ ।
घरेलु लिगमा आठ पटक लिग जित्ने मनाङ एक्लो टोली हो । अहिले बी डिभिजनमा रहेको आरसिटीले ६ पटक तथा रुस्लान थ्री स्टार क्लब र न्यूरोड टिम एनआरटीले समान ४ पटक लिग उपाधि जितेका छन् । मनाङले यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा ए डिभिजन लिग जितेको थियो ।
मनाङका लागि फरवार्ड ओलावाले आफिजले ६ तथा अन्जन विष्टले ५ गोल गरेका छन् । मनाङले ११ खेलमा ५ क्लिनसिट पनि राखेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]