default_image

7 years ago

December 28, 2018

पुलिसले रुस्लान थ्री स्टारलाई हरायो

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लबले रुस्लान थ्री स्टार क्लबलाई ३-१ ले पराजित गरेको छ । पहिलो हाफमै एक गोलले पछाडी परेपनि पुलिसले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको नवाैं मिनेटमा थ्री स्टारका सुनिल बलकाे प्रहार पोस्टभन्दा थाेरै बाहिरियाे । १३अाैं मिनेटमा निराजन खड्काकाे पासमा अल्बर्ट अवाङले हेडर गाेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । १९अाैं मिनेटमा रन्जित धिमालकाे फ्रिकिक गाेलरक्षक अर्पण कार्कीले पञ्च गरेर बचाए । २०अाैं मिनेटमा थ्री स्टारका डिफेन्डर पिटर सेगुनकाे गल्तीमा निरकुमार राईले पुलिसका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै पुलिसले अग्रता लियो । पहिलो मिनेटमा नै विजय धिमालले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि पुलिसले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अभिषेक रिजालले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । ५७ औं मिनेटमा भोला सिलवालले पुलिसको अग्रता दोब्बर पारे । फितलो डिफेन्सको फाइदा उठाउँदै भोलाले एकल प्रयासमा गरेको उत्कृष्ट प्रहारलाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाउन सकेन ।

खेलको ५ मिनेट समय बाँकी रहँदा थ्री स्टारले खेलमा फर्कने मौका पायो । हेम तामाङले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रञ्‍जित धिमालले प्रहार गरेको पेनाल्टीलाई पुलिसका गोलरक्षक अर्पण कार्कीले डाइभ गर्दै खुट्टाले बचाए ।

यस जितसँगै पुलिस ११ खेलमा ५ जित र ३ बराबरी नतिजासाथ् १८ अंक जोड्दै पाँचौ स्थानमा पुगेको छ । यता थ्री स्टार भने तेस्रो स्थानमा नै अड्केको छ । थ्री स्टारले ११ खेलमा ७ जित, २ बराबरी र २ हार बेहोरेको छ ।

अंक तालिका :

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.