default_image

7 years ago

December 28, 2018

किरणलाई माल्दिभ्सको उत्कृष्ट गोलरक्षक उपाधि

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् । यो अवार्ड माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम हो ।

उनीसँगै न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरा मनोनयमा परेका थिए । किरणको टोली ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्ट्स क्लबले यस सिजनको लिग उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपर चुनिएका थिए । किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग जितेको थियो ।

किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाए । किरणले गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई-लिग उपाधि पनि जितेका थिए ।

किरणले उत्कृष्ट गोलरक्षककै उपाधि जित्दा निकै खुसी रहेको बताए । ‘ लगातार व्यक्तिगत उपाधि जित्न सक्दा निकै खुसी छु । लिगको उपाधि र उत्कृष्ट गोलरक्षक बन्दा खुसी थिएँ । अहिले माल्दिभ्सकै उत्कृष्ट हुँदा खुसी व्यक्त गर्ने शब्द छैन,’ उनले भने, ‘ नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेको छु । ।मेरो सफलताले अन्य खेलाडीको लागि पनि सम्भावना ढोका खुल्ने विश्वास लिएको छु । ‘

नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोर्ट्सबाट दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए । किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.