default_image

5 years ago

December 28, 2018

महिला फुटबल टोलीलाई एनएनआइपिएको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिक ९सन् २०२०० को महिला फुटबलअन्तर्गत एसियाको प्रारम्भिक छनोट चरण पार गर्न सफल नेपाली टोलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सम्मान गरेको छ । कात्तिक अन्तिममा म्यानम्यारमा भएको छनोट चरण पार गर्दै नेपाली टोली अघिल्लो चरण पुग्न सफल भएको थियो । एनएनआइपिए स्पोर्टस अवार्डका दौरान शुक्रबार महिला टोलीलाई सम्मान […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिक ९सन् २०२०० को महिला फुटबलअन्तर्गत एसियाको प्रारम्भिक छनोट चरण पार गर्न सफल नेपाली टोलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सम्मान गरेको छ ।

कात्तिक अन्तिममा म्यानम्यारमा भएको छनोट चरण पार गर्दै नेपाली टोली अघिल्लो चरण पुग्न सफल भएको थियो । एनएनआइपिए स्पोर्टस अवार्डका दौरान शुक्रबार महिला टोलीलाई सम्मान गरिएको हो । विभिन्न २९ खेलका उत्कृष्ट खेलाडी सम्मानित भएको अवार्डमा करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्त गजराज स्मृति आदर्श खेल व्यक्तित्वबाट र नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए ।

छनोटको समूह ‘सी’ मा रहेको नेपाल समूहमा अपराजित अघिल्लो चरण पुग्न सफल भएको थियो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाल उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । उक्त समूहबाट समूहबाट म्यानमार समूह विजेता तथा भारत समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.